site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्पसँगको वार्तापछि पुटिनले युक्रेनमा युद्ध रोक्न राखे यस्ता सर्त 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेनमा युद्ध रोक्ने बारेमा टेलिफोन वार्ता भएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा तत्काल र पूर्ण युद्धविरामका लागि अमेरिकी प्रस्ताव अस्वीकार गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्तापछि उनी ऊर्जा पूर्वाधारमा मात्र आक्रमण रोक्न सहमत भएका छन् ।

ट्रम्पको टोलीले हालै साउदी अरेबियामा युक्रेनसँग गरेको एक महिना लामो युद्धविराममा पुटिनले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् । 

उनले युक्रेनसँग विदेशी सैन्य सहायता र गुप्तचर जानकारी आदानप्रदान बन्द भएमा मात्र युद्धविराम सम्भव हुने बताए ।

यद्यपि, युक्रेनका युरोपेली सहयोगीहरूले पहिले नै यस्ता सर्तहरूलाई अस्वीकार गरिसकेका छन् ।

तीन वर्ष लामो युद्धमा रूसले हालै ६ महिनाअघि युक्रेनी आक्रमणको क्रममा कब्जा गरेको कुरुस्क क्षेत्रको भूभाग फिर्ता लिइरहेको छ ।

गत हप्ता साउदी अरेबियामा अमेरिकी प्रतिनिधिहरूसँगको वार्तामा युक्रेनले ३० दिनको अमेरिकी युद्धविराम प्रस्तावमा सहमति जनाएको थियो । सोही विषयमा ट्रम्प र अमेरिकाबीच फोनवार्ता भएको हो । बीबीसी 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  ०८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro