site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्प र पुटिनबीचको वार्ताबारे रुसले के भन्यो ? युक्रेनले राख्यो यी तीन सर्त

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज वार्ता हुने भएको छ । 

वार्ताअघि रुसी राष्ट्रपतिको कार्यालयले वार्ताका मुद्दाहरूलाई अन्तिम रूप दिइरहेको बताएको छ ।

Argakhachi Cement Island Ad

रुसी समाचार एजेन्सी टासका अनुसार, रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी राजदूत स्टिभ विटकफका साथै विभिन्न स्तरमा वार्ता गर्ने ट्रम्प–पुटिन वार्ताको एजेन्डामा रहेको बताएका छन् ।

पेस्कोभले भने, “सबै मुद्दाहरू वार्ताको एजेन्डामा हुनेछन् तर स्पष्टरूपमा युक्रेनको मुद्दा मुख्य हुनेछ । यी सबै कुराहरू राष्ट्रपतिको लागि तयार गरिनेछ ।” 

यसैबीच, युक्रेनका विदेश मामिला सम्बन्धी संसदीय समितिका अध्यक्ष ओलेक्जेन्द्र मेरजले युक्रेन सम्बन्धी तीन सर्तहरू रहेको उल्लेख गरेका छन् ।

उनले युक्रेन आफ्नो सीमासँग सम्बन्धित कुनै पनि छुट दिन तयार नभएको बताएका छन् । उनले युक्रेनले यस विषयमा वार्ता नगर्ने प्रष्ट पारेका छन् ।

उनले भनेका छन्, “पुटिनले अन्तर्राष्ट्रिय संस्थाहरू विशेष गरी नेटोको सदस्यताको सम्बन्धमा युक्रेनका लागि कुनै पनि निर्णय लिनु हुँदैन ।” 

युक्रेन आफ्नो रक्षा क्षमताका बारेमा पुटिनको कुनै पनि सल्लाहमा सहमत हुन नसक्ने बताएका छन् । बीबीसी

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  ०७:३५
प्रतिक्रिया दिनुहोस्