site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कसैलाई संघीयता मन नपरे पनि केही गर्न सकिँदैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयतालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । 

कांग्रेस संघीय मामिला समन्वय विभागले सोमबार सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले मुलुक संघीय प्रणालीमा गइसकेकाले यसलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताएका हुन् । 

कसैलाई संघीयता मन नपरे पनि केही गर्न नसकिने उनले बताए । सभापति देउवाले मुलुकको अहिलेको व्यवस्थाबाट फर्किन नसकिने स्पष्ट पारे । संघीय स्वरूपअनुसारको प्रदेश र स्थानीय तहलाई आवश्यक भूमिका र अधिकार दिनुपर्ने उनले बताए । सभापति देउवाले देशको एकतालाई कुनै पनि हालतमा खलबलिन दिन नहुने उल्लेख गरे । 

उनले कांग्रेसको १०० दिने अभियानका क्रममा देशभरका जनतामा उत्साह भएको भन्दै यसलाई अझ बढी समन्वय गरेर अघि बढ्नुपर्ने बताए । कांग्रेस अहिले ठूलो पार्टी भएकाले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी लाग्न उनले निर्देशन दिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro