site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भ्रष्टाचारीको सम्पत्ति छानबिन गरी राष्ट्रियकरण गरौँ : जनार्दन शर्मा
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले मुलुकमा सुशासन स्थापित गर्न सामाजिक र सांस्कृति अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । सोमबार (चैत ४) प्रतिनिधिसभा बैठकमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

सुशासनका निम्ति नेतृत्वले जनताको विश्वास जित्नुपर्ने उनले उल्लेख गरे । “सुशासनयुक्त छैन आजको हाम्रो अभ्यास, कुशासनतिर नै बढी गएको छ,” उनले भने, “त्यसकारण सुशासनका लागि पहिला हामीले जनताको विश्वास आर्जन गर्नु जरुरी छ ।”

उनले भ्रष्टाचारमा संलग्न राजनीतिक नेतृत्वको सम्पत्ति छानबिन गरेर राष्ट्रियकरण गर्नुपर्ने धारणा राखे । “अहिले भ्रष्टाचारको विषय मुख्य रूपमा उठेको छ र यो राजनीतिक नेतृत्वमाथि नै केन्द्रित छ,” उनले भने, “त्यसकारण राजनीतिक नेतृत्वको सम्पत्ति छानबिन गरेर सकिन्छ भने त्यसको राष्ट्रियकरण गरेर जनतालाई स्पष्ट गर्न सक्दा, त्यागको भावनाबाट राज्य चलाउने संकल्प गर्दा मात्रै गर्न सकिन्छ ।”

संवैधानिक आयोगले गर्ने काम–कारबाही पारदर्शी हुनुपर्नेमा उनले जोड दिए । “हाम्रा संवैधानिक आयोगहरूले गर्ने कामहरू जनताका लागि पारदर्शिता होऊन्, जनताले स्वीकार गर्ने होऊन्,” उनले भने ।

उपमहासचिव शर्माले नेतृत्वलाई खबरदारी गर्दै जनताको निर्देशनमा चल्न सक्ने शासन प्रणाली र संस्कार आवश्यक भएको बताए । कानुनमा भएका दोहोरो अर्थ लाग्ने विषयलाई संशोधन गर्नुपर्ने उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro