site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रकाश ज्वालाको प्रस्ताव– सांसदको सुविधा घटाऔँ
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले सांसदको सेवासुविधा घटाउन प्रस्ताव गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले पूर्वविशिष्टको सेवा बढाउने कानुन ल्याउने विषयमा आपत्ति जनाउँदै त्यस्तो प्रस्ताव गरेका हुन् ।

“राज्यबाट सुविधा लिएकाहरूले पनि सुविधा घटाउने बेला हो । संकटको बेला हो । हामी तयार हुनुपर्छ,” उनले भने, “सांसदको सुविधा घटाउने हो भने म तयार छु । हामी सांसद कति तयार छौँ, तयार हौँ ।” 

उनले सरकारले पूर्वविशिष्टलाई सेवा सुविधा थप्ने गरी विधेयक सदनमा नल्याउन पनि चेतावनी दिए ।

“राज्यलाई भार थपिने गरी पूर्वविशिष्ट पदाधिकारीलाई थप सुविधा गर्ने कानुन ल्याउँदै छ,” उनले भने, “यसप्रति घोर आपत्ति व्यक्त गर्न चाहन्छु । सरकार तत्कालै पछि फर्कियोस् । यो विधेयक संसद्‌मा ल्याउने धृष्टता नगरोस् ।”
 

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  ११:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro