site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको प्रश्न : जनतन्त्रभन्दा राम्रो अर्को राजनीतिक प्रणाली के हो त ?

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले शान्ति र एकता चाहिएको बताएका छन् । विविधतायुक्त देश भएकोले यसमा एकता हुनुपर्ने र यही नै सम्पन्नता भएको सुनाए ।

मंगलबार कोसी प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “यति सानो देश यति विविधतायुक्त छ । यसमा एकता पनि छ । पहिले विभेद थिए । राजनीतिक प्रणालीले नै विभेद हुर्काएको थियो । अहिले हामी त्यो प्रणालीमा छैनौँ । आज हामी सबैको व्यवस्था र सबैका निम्ति सुशासन, अधिकार, विकासको प्रणालीमा छौँ । जनताको तन्त्रमा छौँ ।”

प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानता कायम गर्दै सामाजिक सद्भावमार्फत राष्ट्रिय एकता कायम गर्ने ढंगले अघि बढ्नुपर्ने आवश्यता रहेको बताए । “देश विकासको लागि शान्ति चाहिएको छ । अब पछाडि फर्कन सक्दैनौँ । आफ्नो क्षमताको हिसाबले जो पनि अघि बढ्न सक्छ,” प्रधानमन्त्री ओलीले भने ।

व्यवस्थाविरुद्ध पनि आवाज उठ्न थालेको भन्दै उनले योभन्दा राम्रो प्रणाली के हो त ? भन्दै प्रश्न गरे । “राम्रो प्रणालीका लागि सरकार तयार छ । लोकतान्त्रिक प्रणालीको बाटोबाट नै अघि बढ्ने हो । सुशासनको तरिका यही हो । कानुनसम्मत,” उनले भने ।

ओलीले नागरिक सर्वोच्चता भएको प्रणालीबारे स्पष्ट रहेको र समाजवादतर्फ उन्मुख रहेको बताउँदै भने, “सामन्तवादतर्फ उन्मुख छैनौँ । दुईपटकको संविधानसभाले जनतामा शक्ति रहेको संविधान बनाएको हो । यसलाई दुईतिहाइले संशोधन गर्नसक्छ ।”

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro