site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादीको निष्कर्ष– दुई दलीय कुशासनले प्रतिगामी सक्रिय भए
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारका कारण प्रतिगामीहरू सक्रिय भएको निष्कर्ष निकालेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवास खुमलटारमा सोमबार बसेको माओवादी पदाधिकारी बैठकले दुई दलीय सरकारको कुशासनका कारण प्रतिगामीहरू सक्रिय भएको निष्कर्ष निकालेको हो ।

बैठकले प्रतिगामीहरू सक्रिय भए पनि नेपाली जनतालाई भने धेरै प्रभाव नपरेको निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले बताए । उनले अहिले पनि नेपाल जनता लोकतन्त्रको पक्षमा रहेकाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रमात्रै हुन सक्ने पार्टीको निष्कर्ष रहेको बताए ।

संविधान जारी गरेको र मुलुकको संघीयतासहितको परिवर्तन मन नपराउनेहरूले सरकारको कुशासनका कारण फेरि टाउको उठाउन खोजेको सापकोटाले बताए । उनले मुलुकमा राजतन्त्र फर्कने कुनै सम्भावना नगरेको उल्लेख गरे ।

उनले अहिलेको संविधान र व्यवस्थाप्रति केही प्रश्न उठे पनि त्यसको समाधानसमेत रहेको धारणा राखे । बैठकले संघीय संसद्‌का साथै सातै प्रदेशका संसदहरूमा माओवादीले शसक्त भूमिका निर्वाह गर्ने र जनताका समस्याहरूलाई उजागर गर्ने निर्णय गरेको उनले बताए ।

बैठकमा 'जनतासँग माओवादी' अभियानको प्रारम्भिक समीक्षा भएको र झापादेखि रौटहटसम्म आइपुग्दा जनतामा नयाँ जागरण पैदा भएको ठहर गरको उनले बताए । हाललाई स्थगित गरिएको अभियान अर्को महिना पुन: सुरु गर्ने माओवादीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro