site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वराजा शाह अझै पुगेका छैनन् निर्मल निवास, महाराजगन्ज क्षेत्र अस्तव्यस्त

काठमाडौं । आज आइतबार अपराह्न ४ बजे काठमाडौं आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाह अझै महाराजगन्जस्थित निर्मल निवास पुगेका छैनन् ।

सडकमा उत्रिएका राजावादीहरूले स्वागतका साथ उनलाई निर्मल निवासतर्फ लैजाँदै छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी सञ्जय राउतका अनुसार पूर्वराजा शाह (यो समाचार तयार पार्दा साढे ६ बजेसम्म) अमेरिकी दूतावास पुगेको बताए ।

“पूर्वराजा अमेरिकी दूतावासनजिक पुगेका छन् । ठूलो संख्यामा समर्थक उहाँसँगै छन् । चक्रपथ, महाराजगन्ज क्षेत्रको सडकमा सवारी आवागमन केही समय रोकिनेछ,” उनले बाह्रखरीसित भने ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार अहिलेसम्म साढे १४ हजार समर्थक सडकमा उत्रिएको अनुमान छ ।

पूर्वतयारी गरेरै राजावादीहरू स्वागतका लागि आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर पुगेका थिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro