site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘होस्टेल–३’को अग्रिम टिकट बुकिङ खुला, कति पायो शो ?

काठमाडौं । शुक्रबार रिलिज हुने नेपाली चलचित्र ‘होस्टेल–३’ को अग्रिम टिकट बुकिङ खुला भएको छ । सोलो रिलिजको मौका पाएको चलचित्रले राम्रो शो पाएको छ । 

नेपालकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले आउटलेटमा २९ शो दिएको छ । दोस्रो ठूलो चेन आईएनआई सिनेमाजमा १५ शो, वान सिनेमाजमा ९ शो पाएको छ । बिग मुभिजमा ५ शो, एफक्यूब सिनेमामा ५ शो, बिएसआर सिनेमाजमा ४ शो पाएको छ ।

‘होस्टेल–३’ युवा पुस्तालाई लक्षित गरेर बनाइएको छ । सशान कँडेलले निर्देशक गरेको चलचित्रको मुख्य भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायत रहेका छन् । अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् । 

चलचित्रको कथा माधव शर्माले लेखेका हुन् । चलचित्रको निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् । कार्यकारी निर्माता शंकर कोइराला हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ०८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro