site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ प्रशिक्षक म्याटसँग प्रशिक्षण गर्न उत्साहित छौँ : कप्तान लिम्बू
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले नयाँ प्रशिक्षक म्याट रससँग प्रशिक्षण गर्न आफ्नो टोली र आफू उत्साहित रहेको बताएका छन् ।

नेपाली टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले बुधबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एसियन कप छनोटको तयारी सुरु गरेका थिए । सो अवसरमा नेपालका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बूले वर्षभर खेलाडीहरू व्यस्त हुने समय आएको र नयाँ प्रशिक्षकसँग प्रशिक्षण गर्न पाउँदा पनि खेलाडीहरू उत्साहित रहेको बताएका हुन् । 

प्रशिक्षक म्याटसँग कुराकानीका क्रममा पनि उनी नेपालमा फुटबलप्रति लगाव देखेर धेरै उत्साहित रहेको उल्लेख गरे । कप्तान किरणले प्रशिक्षकको पनि साफ च्याम्पियनसिप जित्ने र एसियन कप छनोटमा राम्रो नतिजा ल्याउने लक्ष्य रहेको उल्लेख गरे ।

टोलीमा केही नयाँ खेलाडीहरू पनि आएको र छोटो तयारी भए पनि सुखद् नतिजाको आशामा रहेको उनको भनाइ छ । प्रशिक्षक म्याटले केही उपाधिहरू भित्राउन राखेको लक्ष्यलाई सकारात्मक बनाउन आफूहरू मिहिनत गर्ने र त्यसका लागि बलिया टोलीसँग म्याच एक्सपोजर गराउन पनि आवश्यक रहेको कप्तान किरण बताउँछन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  २३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro