site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को टोलीले थापाथली चोकबाट नर्भिक अस्पताल जानेतर्फको सडकमा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन मर्मत पूरा गरेको छ । मंगलबार (फागुन २०) बिहान करिब ५ः२० मेलम्चीको थोक वितरणतर्फको पाइप फुटेको थियो ।

गए राति करिब १२ बजे मर्मत कार्य सकिएको केयूकेएलका कार्यकारी निर्देशक अशोककुमार पौडेलले बाह्रखरीलाई जानकारी दिए । अब थप मर्मत–सम्भारको कार्य काठमाडौं महानगरपालिकाले गर्ने उनले बताए ।

थापाथली क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको तार भूमिगत गर्ने क्रममा पाइपमा चोट लाग्दा फुटेको खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको थियो । आपसमा समन्वय नगरी प्राधिकरणले काम गरेको केयूकेएलको आरोप छ ।

उक्त सडकमा बुधबार बिहानदेखि पुनः सवारी आवागमन भइरहेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

गएको माघ ३० गते बबरमहलमा पनि मेलम्चीको पाइप फुटेको थियो । त्यति बेला पनि प्राधिकरणकै कमजोरीका कारण पाइप फुटेको जनाइएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १०:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro