विदेश
काठमाडौं । चीनको स्मार्टफोन निर्माता कम्पनी अनरले आगामी पाँच वर्षमा आफ्ना उपकरणका लागि एआई विकास गर्न १० अर्ब डलर खर्च गर्ने भएको छ ।
पूर्वहुवावेको एक युनिट अनरले आईपीओ जारी गर्ने तयारी गरेका बेला आइतबार कम्पनीका सीईओ जेम्स लीले यस्तो घोषणा गरेका हुन् ।
चीनको शेन्जेनमा आधारित अनरले स्मार्टफोनसँगै एआईमा आधारित कम्प्युटर, ट्याब्लेट र वेयरएबल उपकरण विकास गर्ने लक्ष्य राखेको छ ।
यसअघि गत डिसेम्बरमा अनरले आईपीओ जारी गर्न लगानीकर्ताको संरचना फेरबदल गरेको जनाएको थियो ।
बजारमा भने गत वर्ष अनर १४.९ प्रतिशत बजार हिस्सासहित दोस्रोबाट चौथो स्थानमा झरेको थियो । हुवावे बलियो हुँदा र भिभोको बजार बढ्दा अनरपछि परेको थियो । रोयटर्स
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१ १४:०४
प्रतिक्रिया दिनुहोस्