काठमाडौं । चलचित्र ‘लाज शरणम्’को गीत ‘च्यातिएको चोली’ सार्वजनिक भएको छ । गीतमा सुरज पण्डितको स्वर छ ।
कुमार कट्टेलको निर्देशन रहेको चलचित्रको गीतमा वसन्त उदासको शब्द र संगीत समावेश गरिएको छ ।
गीतको भिडियोमा डोल्पाका मनोरम दृश्यहरू समेटिएको छ । कर्णालीको विपन्न परिवारको कथा गीत समेटिएको छ ।
भिडियोले एक दम्पतीको दुःख र संघर्षलाई देखाएको छ । भिडियोमा चलचित्रका मुख्य पात्र महेश त्रिपाठी र रेणु योगी फिचर्ड छन् । गीतले चलचित्रको मुख्य कथावस्तु झल्काएको छ ।
लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ को टिमले निर्माण गरेको ‘लाज शरणम्’मा महेश र रेणुसँगै सिताराम कट्टेल, विजय बराल, रेणु योगी, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौलालगायत कलाकारको अभिनय छ ।
जेपिटी क्रिएसनको ब्यानरमा निर्माण गरिएको चलचित्रका निर्माता नवीन श्रेष्ठ हुन् । राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताको रूपमा छन् ।
‘लाज शरणम्’ले प्रदर्शनको पहिलो दिन १ करोड १० लाख रुपैयाँको ग्रसकलेक्सन गर्न सफल भएको थियो ।