site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्पसँग तनावपछि जेलेन्स्कीलाई बेलायतको साथ, पाए २.८ बिलियन डलर ऋण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा मतभेदपछि बेलायत पुगेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेस्कीलाई त्यहाँ न्यानो स्वागत गरिएको छ ।

जेलेन्स्की र बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले शनिबार युक्रेनलाई २.८ बिलियन डलर (२.२६ बिलियन पाउन्ड) ऋण दिने सम्झौतामा हस्ताक्षर गरेका सीएनएनले जनाएको छ ।

यो ऋण ‘फ्रिज’ गरिएको रुसी सम्पत्तिबाट नाफा प्रयोग गरेर भुक्तान गरिनेछ ।

जेलेन्स्कीले ऋण युक्रेनमा हतियार उत्पादन गर्न उपयोग गरिने बताए । “यो उचित तरिका हो, जसले युद्ध सुरु गर्‍यो उसले तिर्नुपर्छ,” जेलेन्स्कीले शनिबार टेलिग्राम पोस्टमा रुसी सम्पत्तिको प्रयोगलाई उल्लेख गर्दै भने, “ऋणले हाम्रो रक्षा क्षमतालाई बलियो बनाउनेछ ।”

इंग्ल्यान्डको डाउनिङ स्ट्रिटमा स्टार्मर र जेलेन्स्कीबीच भेटवार्ता भएको थियो । त्यसक्रममा स्टार्मरले जेलेन्स्कीलाई ‘युनाइटेड किंगडम’को पूर्ण समर्थन रहेको बताएका बीबीसीले उल्लेख गरेको छ ।

जेलेन्स्कीले युनाइटेड किंगडमको अटल समर्थनका निम्ति धन्यवाद दिए ।

जेलेन्स्कीले त्यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पसँग ह्वाइट हाउसमा भेट गरेका थिए । त्यसक्रममा दुई नेताबीचको वार्ता चर्को बहसमा परिणत भएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १०:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro