site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिन्धुलीमा डिभाइडरमा ठोक्कियो ईभी, आठजना घाइते
प्रतीकात्मक तस्बिर ।

सिन्धुली । सिन्धुलीको बीपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–५, मुल्कोटमा शनिबार (फागुन १७) दिउँसो सवारी दुर्घटना हुँदा आठजना घाइते भएका छन् ।

झापाबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र. ०२–००१ ज ००६ नम्बरको विद्युतीय गाडी (ईभी) सडकछेउको डिभाइडरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।

दुर्घटनामा घाइते हुनेमा काठमाडौं महानगरपालिका–१६ का ५२ वर्षीया विष्णुमाया लालचन, ५६ वर्षीया यमकुमारी हिराचन, ५८ वर्षीया पदमकुमारी जुवारचन, ३० वर्षीया हानानी जुवारचन, १६ वर्षीया हास्मी जुवारचन, ६२ वर्षीय जनकलाल हिराचन, ५६ वर्षीय शक्तिलाल जुवारचन र सिन्धुलीको कमलामाई नगरपालिका–७, रामपुर निवासी १९ वर्षीय सहचालक निशान तामाङ रहेका छन् ।

प्रहरी उपरीक्षक काफ्लेका अनुसार, घाइतेको अवस्था खतरामुक्त छ । थप उपचारका निम्ति उनीहरूलाई धुलिखेल अस्पताल पठाइएको छ । सवारीचालक सिन्धुलीको कमलामाई नगरपालिका–७, रामपुर निवासी २४ वर्षीय सुजन बल भने सकुशल छन् ।

घटनाको प्रारम्भिक अनुसन्धानका आधारमा गाडी तीव्र गतिमा रहेको थाहा भएको र त्यसकै कारण अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरी उपरीक्षक काफ्लेले बताए । सवारी चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro