site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिन्धुपाल्चोकमा ६.१ म्याग्निच्युडको भूकम्प, काठमाडौं आसपासमा ठूलो धक्का महसुस

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । अहिले बिहान २ बजेर ५१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।  सिन्धुपाल्चोकको भैरव कुन्ड आसपासमा केन्द्रबिन्दु भएको केन्द्रले जनाएको छ ।

भूकम्पविद् भरत कोइरालाले दिएको जानकारीअनुसार सिन्धुपाल्चोकको भैरवकुन्ड आसपासमा केन्द्रबिन्दु गएर भूकम्प गएको छ । 

“सिन्धुपाल्चोकको भैरव कुन्ड ताल आसपास केन्द्र बनाएर भूकम्प गएको छ,” भूकम्पविद् कोइरालाले बाह्रखरीसँग भने, “राति २ : ५१ बजे भूकम्प मापन गएको छ ।” 

उनका अनुसार भूकम्प १० किलोमिटर गहिराइबाट गएको मापन भएको छ ।  भूकम्पको सिन्धुपाल्चोकसहित काठमाडौं उपत्यका र आसपासका जिल्लामा धक्का महसुस भएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  ०३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro