site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
अस्ट्रेलियाका नेपाली पत्रकारले छाने नयाँ नेतृत्व

सिड्नी । अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसन (एञ्जा)को तेस्रो अधिवेशन सम्पन्न भएको छ । अस्ट्रेलियाको राजधानी क्यानबेरामा यही फेब्रुअरी २१ र २२ मा भएको अधिवेशनबाट अध्यक्षमा कृष्ण तिवारी निर्वाचित भएका छन् ।

४३ मताधिकार सदस्य रहेको एञ्जाको निर्वाचनमा तिवारीले २५ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नारायण खड्काले १८ मत पाए ।

उपाध्यक्षमा माधवप्रसाद गैरे २२ मत ल्याउँदै निर्वाचित भए । यो पदमा प्रकाश हुमागाइँले १९ र सीताकुमारी विश्वकर्माले दुई मत प्राप्त गरे ।

महासचिवमा गणेश भट्ट, कोषाध्यक्षमा खगेन्द्र सत्याल, सचिवमा तक्दिर अधिकारी, पब्लिक अफिसरमा कोम खत्री, प्रवक्तामा मिलन दाहाल सर्वसम्मत चयन भए ।

सदस्यमा सरल गुरुङ (४० मत), विनायक अधिकारी (३४ मत), गोपाल छन्त्याल (३३ मत) र केदार रायमाझी (२७ मत) निर्वाचित भएका निर्वाचनमा समितिका संयोजक राजु अधिकारीले जानकारी दिए ।

सोही अवसरमा अस्ट्रेलियामा लामो समयदेखि पत्रकारिता गर्दै आएका सरल गुरुङलाई ‘स्वर्गीय टीका कार्की सक्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरियो । यो पुरस्कारको राशि एक हजार एक अस्ट्रेलियन डलर छ । यसअघि यो पुरस्कार सञ्चारकर्मी हेमन्त काफ्ले र ऋषि आचार्यले पाएका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro