site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यूएई पठाइदिने भन्दै ठगी
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । वैदेशिक रोजगारीमा संयुक्त अरब इमिरेट्स (यूएई) पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ का ३० वर्षीय दिपेश श्रेष्ठ छन् ।

यूएई पठाइदिने भन्दै एक व्यक्तिबाट चार लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उनीमाथि आरोप छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ मा बस्दै आएका उनलाई शुक्रबार (फागुन ९) पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई कागेश्वरी मनोहरा–९ बाटै पक्राउ गरेको हो । थप अनुसन्धान र कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro