site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सशस्त्रको पोसाक दुरुपयोग गर्ने १२० जनालाई विभागीय कारबाही
Tiktok banner adTiktok banner ad

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले संगठनको निर्देशनविपरीत सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको पोसाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्बिर तथा भिडियो राख्ने १ सय २० जना सशस्त्र प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरेको छ ।

उनीहरूले सशस्त्र प्रहरी बल नेपालको पोसाक लगाई भिडियो तथा तस्बिर खिची व्यक्तिगत प्रोफाइलमा रहेको फेसबुक, म्यासेन्जर, ट्विटर (एक्स), इन्स्टाग्राम, टिकटक, युट्युब, इमो, विच्याटलगायत सामाजिक सञ्जालमा ती तस्बिर राखेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।
 
कारबाही पर्नेमा सशस्त्र प्रहरी नायव निरीक्षक ४ जना, सहायक निरीक्षक ५ जना, वरिष्ठ हवल्दार ६ जना, हवल्दार ३ जना, सहायक हवल्दार ९ जना, जवान ९१ जना र परिचर २ जना रहेका छन् । उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाई बुझाई गराइएको सशस्त्र प्रहरीले जानकारी दियो । 

त्यस्तै, सशस्त्र प्रहरी बल नेपालले संगठनको बारेमा प्रकाशित भएका समाचारमा नकारात्मक टीका– टिप्पणी गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई पनि कारबाही गर्दै आएको जनाएको छ । सशस्त्र प्रहरी बलले संगठनको नियमविपरीत कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई नियमनका निम्ति सामाजिक सञ्जाल अनुगमन सम्बन्धी शाखा स्थापना गरेको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सामाजिक सञ्जालमा अमर्यादित ढंगको तस्बिर तथा भिडियो बनाई अपलोड गर्ने २८ जना सशस्त्र प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गरी सोको विवरण यथाशीघ्र खुलाई पठाउन मातहत कार्यालयहरूलाई निर्देशन दिएको सशस्त्रका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए । 

फागुन ४ गते मातहत कार्यालयहरूमा आदेशात्मक पत्राचार गर्दै कारबाही गर्न भनिएकामा सशस्त्र प्रहरी सहायक निरीक्षक ६ जना, सहायक हवल्दार १ जना, र जवान २१ जना रहेको जनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  २१:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro