site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रकृति लम्साल मृत्युको अनुसन्धान माग गर्दै अखिल क्रान्तिकारीकाे प्रदर्शन

काठमाडौं । भारतको ओडिसास्थित नेपाली विद्यार्थी मृतफेला परेको घटनाको अनुसन्धानको माग गर्दै माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को छात्रावासमा रहेकी विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युको घटनाको छानबिनका लागि कूटनीतिक पहल गर्न माग गर्दै अखिल क्रान्तिकारीले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

उनीहरूले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने, नेपाली विद्यार्थीको सुरक्षा हुनुपर्ने माग समेत राखेका छन् । प्रदर्शनमा सहभागीले प्रकृति लम्साललाई न्याय दे, नेपाली विद्यार्थीमाथि भएको दमन बन्द गर, भारतमा अध्ययनरत विद्यार्थीको रक्षा गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

अखिल क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले हजारौँ विद्यार्थी पढ्नका लागि बाहिर जानुपर्ने अवस्था र त्यसमाथि पनि नेपाली विद्यार्थी असुरक्षित हुने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । 

उनले भारतमा भएको घटनाको छानबिन गर्न र नेपाली विद्यार्थीको सुरक्षाका लागि राज्य र सरोकारवाला निकाय गम्भीर हुनुपर्ने उल्लेख गरे । 

कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले भने घटनालाई गम्भीर रूपमा लिएको जनाउँदै माफी मागेको छ । त्यस्तै, नेपाली विद्यार्थीलाई अभद्र व्यवहार गर्ने दुईजना सुरक्षा गार्डलाई सेवाबाट हटाइएको र तीनजना निलम्बित भएको कलेजले जनाएको छ । 

आइतबार राति रुपन्देहीकी २१ वर्षीया लम्साल छात्रावासमा मृत फेला परेकी थिइन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro