site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डिफेन्समा सुधार गरेका छौँ : प्रशिक्षक राजेन्द्र तामाङ

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले सोमबारदेखि सुरु हुने महिला फुटबल च्याम्पियनसिपका लागि आफ्नो टोली तयार रहेको बताएका छन् ।

चार देश (नेपाल, म्यानमार, लेबनान र किर्गिस्तान) सम्मिलित महिला च्याम्पियनसिप त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबारदेखि सुरु हुँदै छ । नेपालले सोमबार किर्गिस्तानसँग खेल्दै सुरुआत गर्नेछ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बलियो टोलीको रूपमा खेल्दै विपक्षीको काउन्टर अट्याकको रणनीतिलाई रोक्नुपर्ने बताए ।

किर्गिस्तानविरुद्धको पहिलो खेलमा जित निकाल्ने भए पनि सचेत रहेर खेल्ने प्रशिक्षक तामाङको भनाइ छ । उनले भर्खरै अधिकांश खेलाडी लिग खेलेर आएकाले क्षमता अभिवृद्धिमा धेरै काम गर्नु नपरेको बताएका छन् । नेपालको मुख्य समस्या खराब डिफेन्सलाई सुधार गर्न काम भैरहेको उनले उल्लेख गरे । साथै, प्रशिक्षकले टिममा राम्रो टिम लिडर हुनुपर्नेमा जोड दिँदै आएको पनि बताएका छन् । उनले सहभागी टोलीमध्ये लेबनान र म्यानमार पनि बलियो रहेको बताए ।  

गत कात्तिकमा महिला साफ च्याम्पियनसिपको फाइनलमा पराजित भएको तीन महिनापछि नै नेपाली टोली घरेलु मैदानमा नै यो प्रतियोगिता खेल्न लागेको हो ।  गत कात्तिक १४ गते दशरथ रंगशालामा महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।

यससँगै नेपाली महिला टोली १२औँ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पराजित भएको थियो । यसपल्ट भने नेपाली टोलीले त्यो खराब लयलाई दोहोर्‍याउन चाहँदैन । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी एसियन कप र फिफा महिला विश्वकपको तयारीस्वरूप यो प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताका लागि टिकटदर साधारण प्यारापिटतर्फ पाँच सय रूपैयाँ र भीआईपीतर्फ एक हजार रूपैयाँ तोकिएको छ । प्रतियोगिताका लागि दुई करोड ५० लाख ७६ हजार अनुमानित बजेट रहेको एन्फाले जनाएको छ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  २१:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro