site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था बुझ्न काठमाडौंको कीर्तिपुर अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली आइतबार कीर्तिपुर अस्पताल पुगेका हुन् ।

पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन विस्फोटमा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए । दुवैको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

मन्त्री पौडेलको हात र अनुहारमा जलन बढी छ भने आचार्यको अनुहारमा जलन भएको छ । दुवैको फोक्सोमा धुवाँ छिरेकाले सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १८:५३
प्रतिक्रिया दिनुहोस्