site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘अञ्जिला’को बेलायतमा प्रिमियर, एञ्जिला किन भइनन् सहभागी ?
तस्बिर : लन्डन नेपाल न्युज ।

लन्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली चलचित्र ‘अञ्जिला’को प्रिमियर भएको छ । नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’को बेलायतमा प्रिमियर गरिएको हो । 

प्रिमियरमा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे  पनि उपस्थित थिए । बेलायतमा रहने नेपाली चलचित्रकर्मी, व्यवसायी तथा सर्वसाधारण दर्शकको उपस्थिति रहेको निर्माणपक्षको प्रेस नोटमा उल्लेख छ । 

नेपालबाट चलचित्रका कलाकार सिर्जना सुब्बा, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सह–निर्माता विनोद अग्रवाल र निर्देशक मिलन चाम्स बेलायत पुगेका थिए । 

नेपालमा जारी अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका कारण एञ्जिला भने बेलायत प्रिमियरमा उपस्थित हुन सकिनन् । प्रिमियरअगाडि उनको भिडियो सन्देश प्रस्तुत गरिएको थियो । 

प्रिमियर समारोहमा राजदूत घिमिरेले चलचित्र टिमलाई बधाई दिँदै चलचित्रले नेपाली खेल क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । 

निर्देशक मिलन चाम्सले खेल क्षेत्रको विकास र खेलाडीहरूको संघर्षलाई उजागर गर्न यो चलचित्र निर्माण गरिएको बताए । चाम्सले नेपाली खेलकुद क्षेत्रलाई प्रवर्द्धन गर्न र खेलाडीहरूको कथा दर्शकसम्म पुर्याउन अञ्जिला निर्माण गरिएको बताए । 

नेपालमा ‘अञ्जिला’ यही फागुन २९ गते रिलिज हुँदै छ । चलचित्रमा एञ्जिला आफैँ मुख्य भूमिकामा छिन् भने सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायतले अभिनय गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  ०९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro