site stats
बाह्रखरी :: Baahrakhari
विदेश
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड : १५को मृत्यु, कैयौँ घाइते

काठमाडौं । भारतको राजधानी दिल्लीको नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा १५ जनाको मृत्यु भएको छ । आइतबार बिहानको उक्त घटनामा कैयौँ मानिस घाइते भएका छन् । 

लोकनायक अस्पताल (एलएनजेपी) अस्पतालकी सीएमएस रितु सक्सेनाले नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा १५ जनाको मृत्यु भएको बताएको बीबीसीले लेखेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा मारिएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

त्यस्तै, रक्षामन्त्री राजनाथ सिंहले पनि दुर्घटनामा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  ०६:१६
प्रतिक्रिया दिनुहोस्