site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हात्तीबाट नागरिक र धनजन जोगाउन सांसद प्रसाईंको माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले हात्ती आतंकबाट नागरिकलाई सुरक्षित राख्न सरकारको ध्यानाकर्षण गराएकी छन् । संघीय संसद् प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद प्रसाईंले झापाका जनता हात्ती आतंकबाट जिउधन रक्षाका लागि याचना गरिरहेको बताइन् ।
 
“झापा जिल्लाका वडावडामा यतिबेला हात्ती आतंक छ । बुद्धशान्ति नगरपालिकामा त घरघरमा आक्रमण गरेर घरभित्र राखेका धानको बोरा फालिदिएको छ,” प्रसाईंले भनिन्, “जनता हात्तीबाट असुरक्षित हुँदा मर्निङवाकमा समेत निस्किन सकेका छैनन् । जनताले राखेको ढुकुटीको धनसमेत सुरक्षित भएन ।” 

उनले शान्ति सुरक्षा दिने दायित्वबाट नपन्छिन सरकारको ध्यानकर्षण गराइन् । “जनताको धनजनको संरक्षणका लागि शान्ति सुरक्षाको माग गर्दछु,” प्रसाईंले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro