site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा भारतीयको अनलाइन ठगी अखडामा पहिलोपटक छापा, तीन अर्ब बढीको कारोबार
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठस्थित एक घरमा छापा मारेर आइतबार (माघ २७) साँझ प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरू सबै भारतीय नागरिक हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले त्यहाँ छापा मारेको थियो ।

उनीहरूका साथबाट ८८ थान मोबाइल, १० ल्यापटप र ८१ हजार रुपैयाँ बरामद गरिएको परिसरका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्व अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार, भारतीय नागरिकले उक्त पूरै घर भाडामा लिएर अवैध कारोबार गरिरहेका थिए । उनीहरूले ३६० नामक एक बेटिङ साइटमार्फत सट्टेबाजी, अनलाइन ठगी गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

ठगीको रकम समेत भारतीय नागरिककै बैंक खातामार्फत भुक्तान हुने गरेको देखिएको छ । विषेश सूचनापछि एसएसपी अधिकारी आफैँ त्यहाँ छापा मार्न पुगेका थिए ।

प्रहरीका अनुसार, अनलाइनमार्फत क्रिप्टो कारोबारदेखि अवैध ठगीधन्दा चलाउन उनीहरूले घर नै भाडामा लिएका थिए । केही समयअघिदेखि उनीहरूले साढे दुई तलाको घर भाडामा लिएको प्रहरी अनुसन्धानका क्रममा पत्ता लागेको छ ।

बाहिरबाट हेर्दा सबै बन्द देखिने घर भित्रबाट चाबी लगाएर अनलाइन ठगी धन्दा चलाइएको थियो । साँझ तरकारी किन्न घरबाट एक युवक बाहिर निस्किएको मौका छोपेर प्रहरी टोली त्यहाँभित्र प्रवेश गरेको थियो ।

पक्राउ परेका २३ जनामाथि प्रहरीले अनुसन्धान थालेको छ । अनलाइन ठगी भएकाले उनीहरूले प्रयोग गर्ने मोबाइल फोनमार्फत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उनीहरूले तीन अर्ब रुपैयाँभन्दा बढी रकम अवैध कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

घटना अनुसन्धानका क्रममा रहेकाले यो रकम बढ्ने प्रहरीको अनुमान छ । पक्राउ परेकाहरूलाई प्रहरीले भोलि (माघ २९) सार्वजनिक गर्ने तयारी गरेको छ ।

भारतीयले सञ्चालन गरेको अनलाइन अखडामा नेपाल प्रहरीले छापा मारेको यो पहिलोपटक हो । चिनियाँ नागरिकका यस्ता कार्यालयमा भने विगतमा प्रहरीले छापा मारेको थियो । प्रहरीकै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले अनलाइनमार्फत ठगी गर्न चिनियाँले सञ्चालन गरेका कार्यालयमा छापा मार्दै आएको थियो ।

प्रहरीका अनुसार, चिनियाँ नागरिकले पनि भारतीयकै बैंक खाता प्रयोग गरेर अनलाइन ठगी धन्दा चलाउने गरेका थिए । चिनियाँले अनलाइनमार्फत ठगी गर्न रुपन्देही, वीरगन्जसहितका ठूला सहरमा कार्यालय नै खोलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro