site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संविधान कार्यान्वयन र जनताको पक्षमा उभिने कांग्रेसको प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसले संविधानको पालना र कार्यान्वयन, कानुन निर्माण र जनताका पक्षमा सदनमा आवाज उठाउने प्रतिबद्धता जनाएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले संसद्को प्रभावकारितामा गम्भीर एवं जिम्मेवाररूपमा काम गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

“नेपालको संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्क शासन व्यवस्थाको सुदृढ गर्न संविधानको सार्थक कार्यान्वयन आजको महत्त्वपूर्ण एजेन्डा हो । नेपाली कांग्रेस सदैव लोकतन्त्र र संसदीय प्रणालीको पक्षमा रहेको छ,” कांग्रेस संसदीय दलको बिहीबारको निर्णयमा भनेको छ, “देशको सबैभन्दा ठूलो पार्टीको रूपमा स्थापित कांग्रेसले संसद्को प्रभावकारितामा गम्भीर एवं जिम्मेवाररूपमा काम गर्नुपर्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कांग्रेसले देश र जनताका पक्षमा रहेर संसद्का गतिविधिमा प्रभावकारी उपस्थिति जनाउन सांसदहरूलाई निर्देशन दिँदै संविधान कार्यान्वयन र जनताका सवाल उठाउने प्रतिबद्धता जनाएको छ ।

“कांग्रेस संसदीय दलको यो बैठक सम्पूर्ण माननीय सदस्यहरूलाई संसद् र समितिका सम्पूर्ण गतिविधिहरूमा अत्यन्त जिम्मेवारीपूर्वक क्रियाशील रहन, राष्ट्र र जनतका हितमा पूर्णरूपमा समर्पित रही काम गर्न सोही अनुरूप विधानका कार्यमा क्रियाशील हुँदै जनताका सरोकारका विषय सदनमा उठाउने प्रतिबद्धता व्यक्त गर्दछ,” निर्णयमा भनिएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्