site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लामिछानेका एक र पीडितका तीन वकिलले बहस गर्दै  
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा चितवन जिल्ला अदालतमा परेको मुद्दामा आज पनि बहस हुने भएको छ । 

बुधबारबाट सुरु भएको बहसले आज पनि निरन्तरता पाउने भएको हो । 

आज लामिछानेका तर्फबाट एक र पीडितका तर्फबाट तीनजनाले बहस गर्नेछन् । 

बुधबार सरकारी वलिकका तर्फबाट पाँच र लामिछानेका तर्फबाट एकजना वकिलले बहस गरेका थिए । 

लामिछाने प्रहरी हिरासतमा छन् । बिहीबार बिहान १० बजे उपस्थित गराउनेगरी लामिछानेलाई प्रहरीको जिम्मा लगाउन बुधबार न्यायाधीश दयाराम ढकालको इजलासले आदेश गरेको दिएको थियो । 

लामिछानेविरुद्ध सहकारी ठगीमा चितवन जिल्ला अदालतमा मंगलबार मुद्दा दायर भएको थियो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  ०७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro