site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रवि लामिछानेको तर्फबाट सुशील पन्तसहित ६ कानुन व्यवसायीले बहस गर्ने

काठमाडौं । साहारा चितवन सहकारी ठगी प्रकरणमा मुद्दा लागेका पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको चितवन जिल्ला अदालतमा बयान जारी छ ।

कार्यालय समय सुरु हुँदै अदालत उपस्थित भएका लामिछानेको बुधबार मध्याह्न साढे १२ बजेपछि बयान सुरु भएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

उनका नुसार, रविको तर्फबाट बहसका लागि वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तसहित ६ जना वकिलले वकालतनामा दर्ता गरेका छन् । पन्तबाहेक लामिछानेको तर्फबाट बहस गर्न अविक्ताहरू डा. नारायणदत्त कडेल, चुडामणि सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा र सञ्जय गोलले वकालतनामा दर्ता गरेका छन् ।

सहकारीपीडितका तर्फबाट बहस गर्ने गरी वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ तथा अधिवक्ताहरू रमेश काफ्ले, सुनिता अधिकारी र सम्भु बर्ताैलाले वकालतनामा दर्ता गरेका छन् । सरकारी वकिलका तर्फबाट भने वकालतनामा दर्ता भइसकेको छैन ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro