site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालले दियो थाइल्यान्डलाई १०२ रनको लक्ष्य
तस्बिर : क्यान ।

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपालले दोस्रो खेलमा थाइल्यान्डसामु जितका निम्ति १०२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु वर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएकी थिइन् । त्योसँगै नेपाली महिला टोलीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १०१ रन बनाएको हो ।

Dabur Nepal

नेपालका निम्ति कविता कुँवरले २५ रन बनाइन् । उनले ३२ बल खेल्ने क्रममा दुई चौका समेत प्रहार गरिन् । विन्दु रावलले पनि २५ रन बनाइन् । उनले २५ बलमा तीन चौका हानिन् । कप्तान इन्दु वर्माले १५ रन बनाइन् ।

बलिङतर्फ थाइल्यान्डका निम्ति थिपचा पुत्थावोंगले तीन, फन्निता माया र नाट्टाया बुचाथमले दुई/दुई तथा चानिदा सुत्थीरुआंगले एक विकेट लिए ।

थाइल्यान्डले जवाफी ब्याटिङ गरिरहेको छ ।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । थाइल्यान्डले भने आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई आठ विकेटले पराजित गरेको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १४:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro