site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘एक्टर : टेक वान’को प्रदर्शन रोक्न माग गर्दै ‘एक्टर’ पुग्यो अदालत

काठमाडौं । चलचित्र ‘एक्टर’ निर्माणपक्षले सिनेमा ‘एक्टर : टेक वान’विरुद्ध अदालतमा रिट निवेदन दायर गरेको छ । काठमाडौं जिल्ला अदालतमा शुक्रबार (माघ ११) प्रतिलिपि अधिकार ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

“चलचित्रको नाम र कथावस्तु दुवै मिलेको भन्दै चलचित्र एक्टर : टेक वानविरुद्ध मुद्दा दर्ता भएको छ,” काठमाडौं अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले बाह्रखरीसँग भने । दुवै पक्षलाई छलफलका निम्ति यही माघ १५ गते अदालतमा बोलाइएको उनले जानकारी दिए ।

रिटमा ‘एक्टर : टेक वान’को प्रदर्शन रोक्न माग गरिएको छ ।

‘एक्टर : टेक वान’ माघ १६ गते रिलिज हुने तय छ । अदालतमा मुद्दासँगै यो चलचित्रको बुकिङ खुला गर्ने/नगर्ने भन्नेमा अन्योल देखिने भएको छ ।

‘एक्टर’लाई मदन घिमिरेले निर्देशन गरेका थिए । उक्त चलचित्र रिलिज भइसकेको छ । ‘एक्टर’मा प्रिन्स थापा, कशिस दाहाल, सरोज खनाल, शिवु शाह, मनीषा पाण्डे, निशा केसी भण्डारी, महेन्द्र मैनालीलगायत कलाकारको अभिनय थियो ।

‘एक्टर : टेक वान’लाई राजन भुसालले निर्देशन गरेका छन् । यो चलचित्रमा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइरालालगायत कलाकारको अभिनय छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro