site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यूएईमा एकैदिन ५४८ नेपालीका पासपोर्ट नवीकरण

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा शनिबार एकैदिन ५४८ नेपालीका राहदानी नवीकरण कार्य गरिएको छ । अबुधाबीस्थित नेपाली राजदूतावासमा विशेष काउन्टहरू स्थापना गरी राहदानी नवीकरण सेवा शिविर सञ्चालन गरिएको हो ।

राहदानी नवीकरण गर्न आउने सेवाग्राहीको संख्या दिनानुदिन अत्यधिक बढ्दै गएको उक्त दूतावासले जनाएको छ ।

भिसाको अवधि सकिएका, राहदानी हराएका र म्याद सकिनै लागेका तथा विभिन्न कारणले समस्यामा परी पासपोर्ट नवीकरण गर्नुपर्ने अवस्था भएका नेपालीलाई विशेष प्राथमिकता दिई शिविर सञ्चालन गरिएको थियो । “उक्त अवसरमा कन्सुलर प्रमाणीकरण सेवा समेत उपलब्ध गराइएको थियो,” दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राहदानी नवीकरण प्रक्रियालाई सरल, सहज र छिटोछरितो बनाई प्रभावकारी सेवा प्रदान गर्न दूतावास क्रियाशील रहेको जनाइएको छ । “राहदानी नवीकरणका लागि विशेष काउन्टहरू सञ्चालन गर्ने कार्यमा गैरआवासीय नेपाली संघ, यूएईले स्वयंसेवकहरू उपलब्ध गराई आवश्यक सहयोग प्रदान गरेको थियो,” दूतावासले भनेको छ ।

दूतावासले यसअघि पनि विभिन्न सार्वजनिक बिदाका दिनमा विशेष काउन्टरहरू राखेर यस किसिमका शिविर सञ्चालन गर्दै आएको थियो । “भविष्यमा पनि नेपाली नागरिकहरूको हितलाई ध्यानमा राखी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  २१:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro