site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
के-के छन् १६औँ योजनामा आयोगका प्राथमिकता ?

काठमाडौं । राष्ट्रिय योजना आयोगले तीनै तहका सरकारबीच सहकार्य र समन्वय गर्दै १६औँ योजनाको कार्यान्वयनलाई व्यवस्थित बनाइने जनाएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले १६औँ योजना समृद्ध नेपाल, सुखी नेपालीको आधारशीलामा तयार भएकाले तीनै तहका सरकारबीच सहकार्य र समन्वय गर्दै कार्यान्वयनलाई व्यवस्थित बनाइने जनाएको हो । १६औँ योजना कार्यान्वयनमा दिगो विकास लक्ष्य स्थानीयकरण र अतिकम विकसित देशबाट स्तरोन्नति हुने लक्ष्यलाई प्राथमिकतामा राखिएको आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले बताए । 

Dabur Nepal
NIC Asia

आयोगले आन्तरिक सुधारका महत्त्वपूर्ण कदम चालेको र आयोजना बैंकको व्यवस्थित र अध्यावधिक गर्न खोजिएको जनाएको छ । योजनाले  सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै आर्थिक वृद्धिलाई प्रवद्र्धन र जनताको जीवनस्तर सुधार गर्नका लागि मार्गदर्शन प्रदान गरेको उपाध्यक्ष अधिकारीले बताए । यस योजनाको प्रभावकारी कार्यान्वयनका लागि विषयगत योजनालाई क्षेत्रीय कार्यान्वयन रणनीतिमा रूपान्तरण गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

सामाजिक न्याय र समान विकासलाई सुनिश्चित गर्न सबै वर्ग र समुदायलाई योजनाको फाइदा पु¥याउने गरी कार्यक्रमहरू निर्माण र कार्यान्वयन गरिने आयोगले जनाएको छ । राष्ट्रिय योजना आयोगले समपूरक अनुदान र विशेष अनुदानमार्फत स्रोतको वितरणमा समानतामा आधारित प्रणाली लागु गरेको जनाएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  २३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro