देश
काठमाडौं । प्रहरीले यौन दुर्व्यवहार गरेको आरोपमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक चालकलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका–४ बस्ने २५ वर्षीय प्रबिन बराल रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । उनले भने, “इनड्राइभका चालक बरालले यौन दुर्व्यवहार गरेको भन्ने पीडितको उजुरीका आधारमा आज उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।”
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१ २३:३३
प्रतिक्रिया दिनुहोस्