site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विपन्न नागरिकको उपचारमा मासिक ३० करोड खर्च, सबैभन्दा धेरै डायलायसिस र क्यान्सरमा
फाइल तस्बिर ।

काठमाडौं । विपन्न नागरिक औषधि उपचारका निम्ति राज्यको मासिक ३० करोडभन्दा बढी खर्च रहेको विवरण स्वास्थ्य सेवा विभागले सार्वजनिक गरेको छ ।

विभागका अनुसार, सबैभन्दा धेरै मिर्गौलाको हेमोडायलायसिस सेवामा खर्च हुन्छ भने क्यान्सर र मुटुरोग पनि बढी खर्चिलो रोगको सूचीमा पर्छ ।

हाल विपन्न नागरिक औषधि उपचार कार्यक्रम देशभरका १३१ अस्पतालबाट सञ्चालन भइरहेको विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको तथ्यांकमा उल्लेख छ । सरकारले चालु आर्थिक वर्षमा तीन अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याएको छ ।

Dabur Nepal
NIC Asia

तर, चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा ९२ वटा अस्पताललाई मात्रै विभागले शोधभर्नाबापत ९३ करोड २६ लाख ४९ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

यस्तै, ९३ अस्पतालको कात्र्तिक महिनाको १० करोड ७६ लाख सात हजार गरी साउनदेखि कात्तिकसम्मको एक अर्ब चार करोड दुई लाख रुपैयाँ भुक्तानी गरेको छ ।

मिर्गौला प्रत्यारोपण पूर्वप्रयोगशाला जाँच तथा प्रत्यारोपणपश्चात् औषधि सेवनबापत सो अवधिमा ८९ जना बिरामीलाई ९९ लाख ३५ हजार ८८९ रुपैयाँ औषधि खर्च प्रदान गरेको विभागको तथ्यांक छ ।

यस कार्यक्रममा समावेश जटिल आठ रोगमध्ये सबैभन्दा धेरै खर्च मिर्गौलाको हेमोडायलायसिसमा भएको देखिन्छ । त्यसपछि क्यान्सर, मुटुरोगको उपचारमा पनि ठूलो रकमखर्च भइरहेको विवरणले देखाउँछ ।

कस्ता बिरामीलाई कति सहुलियत ?
विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८० अनुसार मुटु, क्यान्सर, मिर्गौला, अल्जाइमर्स, पार्किन्सन्स, स्पाइनलइन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाको उपचार सरकारले सहुलियतमा गर्दै आएको छ ।

आठवटा रोगमा उपलब्ध गराइने सहुलियत रकम फरक फरक छ । कार्यक्रममार्फत् मिर्गौला प्रत्यारोपणका क्रममा बिरामीलाई चार लाख रुपैयाँसम्म सहुलियत दिइनेछ । त्यस्तै विभिन्न अवस्थाको हेमोडायलायसिस गर्दा एक लाख रुपैयाँसम्म छुट हुन्छ ।

त्यस्तै, मिर्गौला प्रत्यारोपण गरी औषधि खाइरहेका बिरामीलाई पनि एक लाखसम्मको औषधि छुट दिइन्छ । अंग प्रत्यारोपण गर्दा अंगदाता र ग्रहणकर्ताको ल्याबपरीक्षण शुल्क ५० हजारसम्म छुट हुन्छ । तर, परीक्षण सरकारी प्रयोगशाला वा सरकारी अस्पतालबाट भएको हुनुपर्नेछ ।

त्यसैगरी मुटुको शल्यक्रिया र क्यान्सरसम्बन्धी शल्यक्रिया वा क्यान्सरको विभिन्न विधिबाट उपचार गर्दा एक लाख रुपैयाँसम्म छुट दिइन्छ ।

साथै पार्किन्सन्स्, अल्जाइमर्स् हेड इन्जुरी (टाउकोको गम्भीर चोट), स्पाइनलइन्जुरी (मेरुदण्डको गम्भीर चोट ) र सिकलसेल एनिमियाका बिरामीलाई पनि एक लाख रुपैयाँसम्म छुट उपलब्ध हुन्छ ।  

सहुलियत उपचार सेवा लिन सम्बन्धित स्थानीय तहको वडा कार्यालयको सिफारिस आवश्यक हुन्छ ।

निर्देशिकाअनुसार वडा कार्यालयमा चिकित्सकले प्रमाणित गरेको रोग पहिचान भएकोे पे्रस्क्रिप्सन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ ।

वडा कार्यालयमा भर्ने निवेदनमा बिरामी परिवारको पेसा–व्यवसाय, आयस्रोत, जग्गा–जमिन, सवारी–साधन, सुन–चाँदी, बैंक ब्यालेन्स, नगद लगायतका विवरण पनि आवश्यक हुन्छ । यी विवरणमार्फत् वडा कार्यालयले सिफारिस प्रदान गर्नेछ । सिफारिस लिँदा बिरामीले सरकारले सूचीकृत गरेकामध्येबाट आफूलाई पायक पर्ने अस्पताल रोज्न पाउँछन् ।

तर, गरिब परिवारको परिचयपत्र भएका बिरामीहरूका लागि स्थानीय तहको सिफारिस आवश्यक नहुने निर्देशिकामा उल्लेख छ । यस्तो वर्गका बिरामीले अस्पतालबाट सिधै उपचार सेवा लिन सक्नेछन् ।

सरकारले प्रदान गरेको विपन्न नागरिक सहुलियत औषधि उपचार सेवा एकैपटक वा पटक–पटक गरी लिन सकिन्छ । एउटै बिरामीले एउटै रोगको उपचारमा पटक पटक सो सुविधा लिन पाइने छैन ।

तर, फरक रोगको उपचार गराउनुपरेमा भने एउटै बिरामीले समेत कार्यक्रममा तोकेअनुसारको सेवा लिन पाउँछन् । त्यसका लागि पुनः स्थानीय तहको सिफारिस भने आवश्यक हुने निर्देशिकामा उल्लेख छ । यसरी पाउने सेवामा उपचारबापत् नगद रकम भने पाइँदैन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ०७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro