site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नियमित योगले शरीर र दिमाग सन्तुलित : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नियमित योग गर्नाले शरीर र दिमागलाई सन्तुलित बनाउन सहयोग गर्ने बताएका छन् । 

ललितपुर महानगरपालिका वडा न–१६ तथा पतञ्जलि योग समिति बागमती प्रदेशको संयुक्त रूपमा आयोजनामा सुरु भएको योग उत्सव समारोहमा यादवले योग साधनाले पूर्वीय सभ्यतालाई उजागर गरेको र यसले स्वास्थ्यका लागि सकारात्मक प्रभाव पार्ने बताए । 

Dabur Nepal
NIC Asia

डा. यादवले योग साधनको महत्त्व, गरिमा र अभ्यासका बारेमा देशभर प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । स्वास्थ्य जीवनविना देश अगाडि बढ्न नसक्ने भएकाले योगको निकै महत्त्व रहेको उनले बताए । 

ललितपुर महानगर बडा नंवर १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले योग अभ्यास पनि जीवनको महत्त्वपूर्ण विषय भएकाले पतञ्जलि योग समितिसँग मिलेर कार्यक्रम आयोजना गरिएको जानकारी गराए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro