site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद् सामना गर्ने सरकारको आँट छैन : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसद्को सामना गर्ने आँट सरकारसँग नभएको टिप्पणी गरेका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग उनले संसद्को सामना गर्ने र छलफल, बहसबाट समस्याको समाधान खोज्ने आँट सरकारसँग नरहेको टिप्पणी गरेका हुन् ।

“यो सरकारको त आँटै छैन संसद्को सामना गर्ने, छलफल, बहसबाट समस्याको समाधान खोज्ने,” उनले भने ।

उनले सरकार एकदलीय शासनउन्मुख भएको समेत आरोप लगाए । हाल एकदलीय शासन र सोचको सुरुआत भएको भन्दै उनले सबैलाई प्रयोग गर्न खोजिएको जिकिर गरे ।

“यो त एकदलीय शासनमा जान खोजेको हो यो । कोही भ्रममा नपरे हुन्छ,” उनले भने, “एकदलीय शासनको सोच, अभ्यास सुरु भएको छ, सबैलाई प्रयोग गर्ने हो उहाँले त ।

संसद् छलेर सरकारले अध्यादेश ल्याएको भन्दै उनले आपत्ति समेत जनाए । हिमालयन टेली भ्वाइस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro