site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मंकीपक्स संक्रमितको स्वास्थ्य सुधारोन्मुख
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । मंकीपक्स संक्रमित बिरामीको अवस्था सुधारोन्मुख छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए ।

उनले निजको अवस्था सामान्य रहेको बताए । मंकीपक्स संक्रमण भएकालाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोहीअनुरूप गरिएको निर्देशक बसौलाले जानकारी दिए ।

साउदी अरबबाट आएका ती युवकमा यही पुस ५ गते मंकीपक्स संक्रमण पुष्टि भएको हो । सोही दिनदेखि उक्त अस्पतालमा उनको उपचार जारी छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १०:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro