site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्रिसमसको दिन युक्रेनको पावर प्लान्टमा रुसको भीषण आक्रमण

काठमाडौं । क्रिसमसको दिन रुसले युक्रेनका धेरै सहरमा ब्यालेस्टिक र क्रुज मिसाइलले आक्रमण गरेको छ । “शत्रुले फेरि हाम्रा ऊर्जा संयन्त्रहरूमा ठूलो मात्रामा आक्रमण गरिरहेको छ,” युक्रेनका ऊर्जामन्त्री जर्मन गालुसेन्कोले भनेका छन् ।

आक्रमणका कारण विद्युत् आपूर्ति तत्कालका लागि बन्द गरिएको उनले बताए । युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा धेरै विष्फोटहरू भएका छन् ।

ऊर्जामन्त्रीले सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् । आक्रमण रोकिएपछि मात्र विद्युत् कम्पनीले क्षतिको आकलन गर्ने उनले बताए ।

खार्किभका मेयर इओर तेरेखोभले सहरमा ठूलो मात्रामा मिसाइल प्रहार गरिएको बताएका छन् । उनले शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र कम्तीमा तीनजना घाइते भएको जनाए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

खार्किभ सहरका क्षेत्रीय प्रमुख ओलेह सिनिहुबोभले भने रुसी हवाई आक्रमणमा कम्तीमा ६ जना घाइते भएको बताएका छन् ।

खार्किभका धेरै भवनमा क्षति पुगेको जनाइएको छ । खार्किभ सहर युक्रेनको उत्तर–पूर्वी क्षेत्रमा पर्छ जुन रुसको सिमाना नजिक छ ।

हालैका महिनाहरूमा रुसले युक्रेनको अधिकांश पावर ग्रिडमा आक्रमण गरेको छ । जसका कारण राजधानी किभ, निप्रो र युक्रेनको अन्य धेरै क्षेत्रमा धेरै पटक ब्ल्याकआउट जस्तो अवस्था देखिएको छ ।

युक्रेनको सबैभन्दा ठूलो निजी विद्युत् कम्पनी डीटीईकेले रुसले आफ्नो थर्मल पावर प्लान्टमा आक्रमण गरी गम्भीर क्षति पुर्‍याएको बताएको छ ।

कम्पनीले किभ, निप्रोपेट्रोभस्क र ओडेसामा विद्युत् आपूर्ति अवरुद्ध हुने बताएको छ । कम्पनीले यो वर्ष युक्रेनी ऊर्जा प्लान्टमा रुसले गरेको १३औँ आक्रमण भएको पनि बताएको छ ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro