site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लक्ष्मी ग्रुपको ५१औँ वार्षिकोत्सवका अवसरमा विविध कार्यक्रम

काठमाडौं । लक्ष्मी ग्रुपले आफ्नो ५१औँ वार्षिकोत्सव मनाएको छ । ग्रुपले आफू मातहतका संस्थामार्फत संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम गर्दै शुक्रबार ५१औँ वार्षिकोत्सव सम्पन्न गरेको हो ।

ग्रुपअन्तर्गतको कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको सेरेब्रल पल्सी सेन्टरमा ६० बढी बालबालिकालाई स्टेसनरी र अरू सामग्री उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

यस्तै, ग्रुपले रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो, जसमा १०० भन्दा बढी कर्मचारीले सहभागिता जनाएका थिए ।

लक्ष्मी ग्रुपअन्तर्गतको हुन्डाई काठमाडौंले नक्सालस्थित भाटभटेनी मन्दिर र वरपर सफाइ अभियान पनि सञ्चालन गरेको छ ।

सन् १९७३ मा लक्ष्मी मिठाई भण्डारका रूपमा मिठाई उत्पादनबाट व्यवसाय थालेको लक्ष्मी ग्रुप कन्फेक्सनरी, निर्माण सामग्री, गाडी तथा कम्पोनेन्टको बिक्री–वितरण, होम एप्लाएन्सेसलगायत अरू गणुस्तरीय उत्पादन र सेवाका निम्ति परिचित कम्पनीहरूको प्रतिष्ठित समूह बनेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro