site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भ्रष्टाचार मुद्दामा पाँच वर्षभित्रै कारबाही हुने विधेयक पास गर्न दिइएन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको उजुरी परेको पाँच वर्षभित्र कारबाही हुनुपर्ने गरी विधेयक पारित गर्न नदिइएको बताएका छन् । ज्यापु दिवसका अवसरमा आइतबार वसन्तपुरमा आयोजित कार्यक्रममा उनले आफूहरूले भ्रष्टाचारको मुद्दामा पाँच वर्षभित्र कारबाही गरिसक्नुपर्ने आवाज उठाए पनि विधेयक पारित गर्न नदिइएको बताएका हुन् ।

भ्रष्टाचारको उजुरी परेको कहिलेसम्म कारबाही चलाउने भन्ने व्यवस्था नरहेको उनले उल्लेख गरे । यसमा ढिलोमा पाँच वर्षभित्र कारबाही गर्नैपर्ने गरी व्यवस्था गर्न लागिएकामा जननिर्वाचित प्रतिनिधिहरूबाट अस्वीकार भएको उनले बताए ।

“अस्ति ऐन एउटा हामीले बिगारेरै पास गर्नुपर्‍यो । के बिगार्नुपर्‍यो भने भ्रष्टाचारमा उजुरी परेको कहिलेसम्ममा कारबाही चलाउनैपर्ने भन्ने केही छैन,” उनले भने ।

उनले अब उजुरी अल्झाएर ५०औँ वर्षसम्म पनि मुद्दा चलाउनु नपर्ने गरी विधेयक बनाइएको सुनाए । भ्रष्टाचारको उजुरी परेपछि तत्काल कारबाही हुुनुपर्नेमा उनले जोड दिए ।

“...भ्रष्टाचारमा उजुरी परेको छ, मान्छे बुढो भइसक्यो, बितेर गइसक्यो, न सफाइ पाएको छ न कारबाही भएको छ । यस्तो हुनु हुँदैन,” उनले भने ।

उनले थपे, “पाँच वर्षमा पनि कारबाही नचलाउने, ए पाँच वर्ष छोडिदिने ? भनेर कुरा गरे । छोड्ने भनेको छैन, पाँच वर्षभित्र कम से कम कारबाही टुंग्याएको हुनुपर्छ । चलाएको हुनुपर्छ, हामीले त्यो भनेको हो । पाँच वर्ष भन्यो भनेर त्यो हटाउन बाध्य बनाए ।”

प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता भाँड्नका निम्ति पनि हल्ला चलाइने गरेको भन्दै सचेत रहनुपर्ने बताए । सरकार देशमा सुशासन कायम गर्ने, विकासको बाटोमा लैजाने दिशामा अघि बढिरहेको उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro