site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डको गिरोहले कूप्रचार गर्दै छ, काठमाडौंमै बसेर त्यस्ता विष निलिदिन्छु : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नराम्रो कामको नेतृत्व गरिरहेको आरोप लगाएका छन् । शुक्रबार आदिवासी जनजाती महिलाहरूको प्रथम राष्ट्रिय भेलामा उनले कूप्रचारको नेतृत्व माओवादीले गरिरहेको आरोप लगाए ।

“यो माओवादी जुन दिन देशमा पलायो, त्यहाँबाट जाली फटाह, झुट, बेइमान, मुद्दा हाल्ने के गर्ने, मान्छेहरूलाई दुःख दिने, कूप्रचार गर्ने सबै काम माओवादीको नेतृत्वमा भइरहेको छ । ओलीले प्रचण्ड नेतृत्वमा एमाले र त्यसका अध्यक्षविरुद्धको कूप्रचारमा सक्रिय रहेको जिकिर गरे ।

“प्रचण्ड महोदयले नराम्रा कामको नेतृत्व गरिरहनुभएको छ । उहाँको गिरोह सक्रिय छ । अरू होइन, एमाले र मेराविरुद्ध सक्रिय छ,” ओलीको दाबी छ ।

उनले आफूमाथि लगाइएका आरोप र भ्रम काठमाडौंमा नै बसेर पचाइदिने समते बताए । “शिवजीले घाँटीमा लिएर कहिले गोसाईकुण्ड पुग्नुहुन्थ्यो, कहिले कहाँ । काठमाडौं बसी बसी त्यस्ता विष निलिदिन्छु, पचाइदिन्छु । कतै जानुपर्दैन । जसले जे फैलाए पनि खण्डन गरेर जाने हो, झुटलाई पराजित गर्ने हो,” ओलीले भने ।

उनले भ्रममा नपर्न पनि आग्रह गरे । उनले प्रचण्डले भ्रष्टाचारीको संरक्षण गरेर आफूविरुद्ध आरोप लगाएको भन्दै आपत्ति समेत जनाए ।

“देशै लुटेर एमाले भ्रष्टाचारी ? केपी ओली भ्रष्टाचारी ? भ्रष्टाचारीको संरक्षक भएर हिँड्ने ?," उनले भने । 

कांग्रेस र एमालेबीचको गठबन्धन अनुचित शक्तिहरूलाई बोक्नुपर्ने बाध्यतालाई सखाप पारौँ भन्ने संकल्पका साथ गरिएको सुनाए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro