site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कर्मचारीलाई वर्षमा ३० दिनभन्दा बढी बिदा दिन नहुने प्रस्ताव
तस्बि : रासस ।

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारी कर्मचारीलाई वर्षमा ३० दिनभन्दा बढी बिदा दिन नहुने प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा उनले बिदा धेरै भएको बताए ।

“५२ दिन त बिदा नै हुन्छ । अरू बिदा धेरै भयो,” उनले भने, “वर्षमा ३० दिनभन्दा बढी बिदा नपाउने व्यवस्था गरौँ ।”

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनले ट्रेड युनियनले मन्त्रीको आडमा सचिव र उपसचिवको हुर्मत लिने काम गरेको आरोप पनि लगाए । “ट्रेड युनियनको कन्सेप्ट निजी क्षेत्रको लागि आएको हो,” उनले भने ।

कुनै कर्मचारी सिंहदरबारमा पाँच वर्षभन्दा बढी बस्न नपाउने व्यवस्था गरिनुपर्नेमा उनले जोड दिए । “चाकडी प्रथाबाट कर्मचारी प्रशासनलाई मुक्त गरौँ,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro