site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चितवन प्रहरीले भन्यो- रवि लामिछानेका बारेमा भ्रम फैलाइयो
फाइल तस्बिर ।

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका विषयमा सामाजिक सञ्जालमा कपोकल्पित र भ्रमपूर्ण विचार सम्प्रेषण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भेषराज रिजालले विज्ञप्तिमार्फत यस्तो बताएका हुन् । 

०८१ मंसिर २० गते जिल्ला प्रहरी कार्यालय कास्की, पोखरामा उपस्थित गराउने क्रममा नेपाल प्रहरीका कर्मचारीले राति सुतेको बेलामा हिरासत कक्षबाट उठाएको, दुर्व्यवहार गरेको, अस्वस्थताका बाबजुद लगिएको, प्रहरीका कर्मचारीले मादकपदार्थ सेवन गरेको भन्नेजस्ता विचारहरु भ्रामक, झुटा र अनुमानमा आधारित रहेको प्रहरीको जिकिर छ ।

Dabur Nepal
NIC Asia

पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन लगिएको थियो । मंसिर १९ गते जिल्ला सरकारी वकिल कार्यालयमा उनको बयान भइरहेका बेला अनुसन्धान बिथोल्ने मनसायबाट भीडले प्रहरीमाथि ढुंगा-मुढा प्रहार गरेको, प्रहरी कार्यालय तथा सरकारी वकिल कार्यालयमा भीड प्रवेश गर्न खोज्नेलगायत कार्य समेत भएको प्रहरीले जनाएको छ । 

मौसम हवाई उडानका लागि प्रतिकूल रहेकाले हवाई उडानबाट लैजान सक्ने अवस्था नरहेको, भीडबाट निजको सुरक्षामा समेत प्रतिकूल असर पर्न सक्ने अवस्था देखिएको र मुद्दा अनुसन्धानका लागि सीमित हद म्याद रहेको विषय समेतलाई मध्यनजर गरेर सुरक्षा सतर्कताका साथ चितवनबाट सुरक्षित रूपमा जिल्ला प्रहरी कार्यालय कास्कीमा उपस्थित गराइएको चितवन प्रहरीको दाबी छ ।  

जिप्रका चितवनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘...मिति २०८१।०८।१९ गते २१ः३० बजेको समयमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनमा बयान कार्य समेत सकिएपश्चात् जिल्ला प्रहरी कार्यालय, चितवनको हिरासत कक्षमा पनि नलगी आफन्त भेटघाट कक्षमा पूर्वउपप्रधान तथा गृहमन्त्री माननीय रवि लामिछानेले आफन्त तथा शुभचिन्तकहरूसँग भेटघाट वार्तालाप गरी सकेपश्चात् भेटघाट कक्षबाटै मिति २०८१।०८।२० गते बिहान ००ः०५ बजेको समयमा नेपालको प्रचलित कानुन सुरक्षा सतर्कता अपनाई जिम्मेवार प्रहरी अधिकृत प्रहरी नायव उपरीक्षकको कमाण्डमा चितवनबाट सुरक्षित रूपमा लगी जिल्ला प्रहरी कार्यालय कास्कीमा उपस्थित गराइएकाले माथि उल्लेखित तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारबाट जनमानसमा गलत सूचना सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न, गराउनहुन सम्पूर्णमा अनुरोध गरिएको छ ।’’

नेपालको संविधान एवं प्रचलित ऐन कानुनबमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुसरण र मानव अधिकारको उच्च सम्मान गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न प्रहरी सदैव प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ । अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुरालाई सम्प्रेषण नगरी, सही सत्य र तथ्यमा आधारित सूचना, समाचार र सन्देश मात्र सम्प्रेषित गर्न जिल्ला प्रहरी कार्यालय, चितवनले सबैमा अनुरोध गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro