site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल प्रिमियर लिग : टिकट नहुनेले घरमै बसेर खेल हेर्न क्यानको आग्रह
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को शनिबार हुने खेलका टिकट नहुनेलाई घरमै बसेर खेल हेर्न आग्रह गरेको छ ।

क्यानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शनिबार हुने खेलका निम्ति इ–पे वालेट खल्तीमा सीमित टिकट बिक्री हुने भएकाले टिकट नहुनेलाई घरमै बसेर खेल हेर्न आग्रह समेत गरेको छ ।

“नेपाल प्रिमियर लिगमा शनिबारका लागि खल्तीमार्फत मात्र सीमित टिकट उपलब्ध छन् । भौतिक रूपमा कुनै पनि टिकट बिक्री हुने छैन । खल्ती एपमा टिकट सोल्ड आउट भएपछि तपाईंको सुरक्षाका लागि घरमै बसेर खेलको प्रत्यक्ष प्रसारण हेर्नुहोला,” विज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगितामा शनिबार दुई खेलहरु हुँदैछन् । शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुने तालिका छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  २०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro