site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फ्रान्सका प्रधानमन्त्रीले पेस गरे राष्ट्रपतिसमक्ष राजीनामा

पेरिस । फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियरले संसद्‌मा अविश्वासको प्रस्तावविरुद्ध बहुमत पुष्टि गर्न नसकेपछि पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार राष्ट्रपति इमानुएल म्याक्रोँलाई भेटी राजीनामा दिएका हुन् । तर, अर्को व्यवस्था नभएसम्म कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्न उनलाई राष्ट्रपति म्याक्रोँले आग्रह गरेका छन् ।

समकालीन फ्रान्सको सबैभन्दा छोटो सेवा गर्ने प्रधानमन्त्री बनेका बार्नियर राजीनामाको औपचारिकताका निम्ति स्थानीय समयानुसार बिहान ९ः०० बजे एलिसी प्यालेस पुगेका थिए ।

बुधबार बहुमत सांसदले वामपन्थी समूहले राखेको अविश्वासको प्रस्तावलाई समर्थन गरेका थिए । मरिन ले पेनको नेतृत्वको गठबन्धनले प्रस्तावको समर्थनमा मत दिएको थियो ।

प्रधानमन्त्री बार्नियरले संसदीय समर्थनविनै संविधानप्रदत्त विशेष अधिकार प्रयोग गर्दै ‘सामाजिक सुरक्षा वित्तीय योजना’ विधेयकलाई पारित गर्न खोजेका थिए । त्यसपछि विपक्षी चरम दक्षिणपन्थी दल नेसनल र्‍याली र वामपन्थी दल न्यु पपुलर फ्रन्टले उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए ।

राष्ट्रपति म्याक्रोँले स्थानीय समयानुसार राति ८ः०० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको कार्यालयले जनाएको छ । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro