site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालमा टेलिग्रामबाट करोडौँ ठगी, प्रतिबन्ध गर्न पत्राचार

काठमाडौं । नेपालमा टेलिग्रामबाट करोडौँ रुपैयाँ ठगी हुने गरेको पाइएको छ । म्यासेजिङ एवं अरू कार्यका निम्ति प्रयोग गरिने क्लाउडमा आधारित क्रस–प्लेटफर्म सोसल मिडिया टेलिग्रामबाट करोडौँ रुपैयाँ ठगी भएका उजुरी प्राप्त हुने गरेको प्रहरीले जनाएको छ ।

करोडौँ रुपैयाँ ठगीका उजुरी पाएसँगै प्रहरीले उक्त एपमाथि प्रतिबन्ध लगाउन सरकारलाई पत्राचार गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टेलिग्रामलाई प्रतिबन्ध गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको हो ।

सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले टेलिग्रामबाट ठगीसम्बन्धी निकै धेरै उजुरी प्राप्त हुने गरेको बताए । “टेलिग्रामबाट ठगीहरू, ठगहरू अत्यधिक मात्रामा बढेको छ । साइबर ब्युरोमा मात्रै २३ करोड रुपैयाँभन्दा बढीको टेलिग्राम प्रयोग गरेर गरिएको ठगीका उजुरीहरू छन्,” उनले बाह्रखरीसित भने । अरू निकायमा समेत यस्ता उजुरी हुन सक्ने उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

टेलिग्राम आधिकारिक सोसल मिडिया समेत नभएको उनले बताए । “ट्र्याक गर्न पनि गाह्रो हुन्छ । ट्र्याक गर्न पनि नसकिने र यसबाट अत्यधिक मान्छेहरू ठगीमा पर्ने, ठूलो मात्रामा उजुरी आएको र भयावहको अवस्था हुनाले यसलाई प्रतिबन्ध नै गर्नुपर्छ भन्ने किसिमले अनुरोध पठाएको हो,” सीआईबीका प्रवक्ता बोगटीले भने, “पहिले पनि पत्र पठाएको हो र अहिले पनि दोस्रोपटक पत्राचार भएको छ ।”

नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले टेलिग्रामबाट ठूलो मात्रामा ठगीको उजुरी प्राप्त हुने गरेको बताए । टेलिग्रामबाट हुने ठगी कसरी रोक्न सकिन्छ भन्ने विषयमा अनुसन्धान भइरहेको उनले जाकारी दिए ।

केही समयअघि संयुक्त राष्ट्रसंघको एक रिपोर्टमा म्यासेजिङ एप टेलिग्राम आपराधिक ‘हब’ बनेको जनाइएको थियो । राष्ट्रसंघको रिपोर्टअनुसार, इन्टरनेटबाट चोरिएका प्रयोगकर्ताको क्रेडिट कार्ड विवरण, पासवर्ड र ब्राउजिङ गतिविधि टेलिग्राममा बिक्री हुने गरेको छ । खासगरी दक्षिणपूर्वी एसियामा ठूला आपराधिक समूले टेलिग्राम एपको प्रयोग गरिरहेको रिपोर्टमा उल्लेख छ ।

नेपालमा पनि टेलिग्रामबाट हुने ठगीका घटना बढ्दो छ । टेलिग्राम मात्र नभएर अरू इन्टरनेटका माध्यमबाट हुने ठगी एवं अपराध पनि बढ्दो छ ।

साइबर ब्युरोमा आर्थिक वर्ष २०७९/०८० मा साइबर ठगीसम्बन्धी नौ हजार १३ निवेदन परेका थिए । गत आर्थिक वर्ष २०८०/०८१ मा यो संख्या दोब्बरभन्दा बढीले बढेर १९ हजार ७३० पुगेको छ । ब्युरोमा आर्थिक वर्ष २०७७/०७८ र ०७८/०७९ मा क्रमशः तीन हजार ९०६ र चार हजार ६८६ उजुरी दर्ता भएका थिए ।

गिफ्ट, चिट्ठा, सस्तोमा फ्ल्याट पाइने, सम्पत्ति हेरिदिन आग्रह गरी, अनलाइन किनमेल, आकर्षक जागिरलगायत प्रलोभनमा पारेर ठगी बढी हुने गरेको भन्दै साइबर ब्युरोले सचेत रहन आग्रह गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro