site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१२ दिनदेखि बेपत्ता पर्वतका वृद्ध मृत फेला
प्रतीकात्मक तस्बिर ।

पर्वत । १२ दिनदेखि बेपत्ता पर्वतको कुश्माका एक वृद्ध आज बिहान मृत अवस्थामा फेला परेका छन् । जिल्लाको कुश्मा नगरपालिका–४, जिरो किमीका ७६ वर्षीय पदमबहादुर विक मोदी गाउँपालिका–३, देउरालीको घैटे जंगलमा मृत अवस्थामा भेटिएका हुन् । 

विक गत मंसिर ८ गते दिउँसो १ बजेदेखि सम्पर्कविहीन भएका थिए । मोदी–१, ताङ्लेमा रहेका आफन्तको घरबाट कुश्मास्थित घर जान्छु भन्दै हिँडेका उनी सम्पर्कविहीन बनेका थिए । 

परिवारजन, आफन्त र प्रहरीले सोही दिनदेखि खोजतलास गरे पनि विक भेटिएका थिएनन् । मृतक वृद्धको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro