site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंको तापक्रम ५.६ डिग्री सेल्सियस, जुम्लामा –५.५
फाइल तस्बिर ।

काठमाडौं । देशभर चिसो बढ्दै गएको छ । तापक्रम घटिरहेको छ ।

बुधबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ०८१ साल लागेयता काठमाडौंमा मापन गरिएको यो कम तापक्रम हो ।

मंगलबार (हिजो) सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस थियो । सोमबार (अस्ति) काठमाडौंको न्यूनतम तापक्रम ७.० डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

काठमाडौंमा हालसम्मकै न्यून तापक्रम १९७८ मा मापन गरिएको थियो । सन् १९७८ जनवरी ११ मा काठमाडौंको तापक्रम –३.५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।

महाशाखाले बुधबार बिहान सार्वजनिक गरेको देशका १६ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –५.५ डिग्री सेल्सियस छ । मंगलबार जुम्लाको न्यूनतम तापक्रम –४.१ थियो । सोमबार जुम्लाको न्यूनतम तापक्रम –३.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

यस दिन वीरेन्द्रनगरको न्यूनतम तापक्रम ७.०, डडेलधुराको ७.४, ओखलढुंगाको ८, ताप्लेजुङको ८.५, दिपायलको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन गरिएको छ ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।

तापक्रमको विवरण हेर्नोस्–

wefadg-1733283515.jpg
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  ०९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro