देखियो भने झरिरहेको तारा आकाशबाट । भन्छन् कोही देखिएपछि हुन्छ दिन शुभ । हुन्छन् दुःखी कोही हुने भयो भनेर अशुभ । भएजस्तै फरकफरक व्याख्या एउटै कुराको । भए पनि सत्य एउटै । फरक भएजस्तै मान्यता र विश्वास । फरक भएजस्तै सांस्कृतिक दृष्टिकोण ।
छन् हुने गरेका सृजनामा पनि त्यस्तै । लेखिएका छन् हजारौँका फरकफरक दृष्टि । भएको भए पनि सगरमाथा एउटै । होलान् त्यस्तै आकाशका पनि । भए पनि समान देखिँदा मान्छे । भएका छन् फरकफरक दृष्टिकोण । हुन्छन् फरक देखिएजस्तो र व्यवहारमा । हुन्छन् धेरै कम हुने देखिएजस्तै ।
हुनुहुन्छ फरकै नहुनुभएको घनश्याम राजकर्णिकार । हुनु हुन्न देखिएभन्दा फरक पटक्कै । हुनुहुन्छ जस्तो बोल्नुहुन्छ त्यस्तै । छ जीवनशैली पनि व्यवहारजस्तै ।
लिनासाथ नाम घनश्याम दाइको । भए पनि सन्दर्भ जुनसुकै । आइहाल्छ जोडिएर नाम साहित्य र कृृष्ण पाउरोटीको । देखिएजस्तै गरी हिमालहरू घाम लाग्दाका । छ एकातिर उचाइ साहित्यिक व्यक्तित्वको । छ त्यस्तै व्यक्तित्व उद्यमी पाउरोटीको । बनेका छन् पर्याय एकापसमा । साधना र परिश्रमको । सन्तुष्टि र सम्पत्तिको । प्रतिष्ठा र प्रसिद्धिको । हुन् विशेषता नै उहाँका । हुन्छ निकै कठिन हुनलाई गुण एकैमा दुवै । हुनुभएकैले घनश्याम दाइमा दुवै । हुनुभएको छ प्रिय सबैका लागि ।
फैलाउनुभएको हो सुगन्ध पिताजीकै । पाउरोटी भनेकै कृष्ण पाउरोटी बनाउने पिताजी । राखेर नाम आफ्नै कृष्णबहादुरको कृष्ण । गर्नुभयो व्यापक र विस्तार घनश्याम दाइले । बन्नुभएको होइन त्यत्तिकै पर्याय कृष्ण पाउरोटीको उहाँ ।
हुनुहुन्थ्यो पिताजी धार्मिक हुनसम्मको । गर्नुभयो खर्च मन खोलेर धर्मकर्ममा । छ अहिले पनि प्रसिद्ध प्रतिमा आनन्दबुद्ध र विहारको । लगाउनुभएको थियो बनाउन उहाँले । छ टोल पाटनको हौगलमा अहिले पनि । हुनुभएजस्तै संस्कारित पिताजी । हुनुहुन्छ घनश्याम दाइ त्यस्तै । गर्नुहुन्छ ध्यान नित्य विपश्यनाको । गर्नुहुन्छ विश्वास धर्मकर्ममा । गर्नुहुन्छ सेवा पाएसम्म अरूको ।
हुँदैन भन्छन् संगम सजिलै लक्ष्मी र सरस्वतीको । छन् धेरै भन्नेहरू यसरी । फरक हुन्छ स्वाभावले धन र ज्ञानको । गरिदिनुभएको छ प्रमाणित घनश्याम दाइले । बनाउनुभएर एकैसाथ लक्ष्मी र सरस्वतीलाई । हुनुभएर मालिक कृष्ण पाउरोटीको । हुनुभएर प्रतिष्ठित नेपाली साहित्यको । पाउनुभएको थियो गर्नलाई विदेश भ्रमण । हुनुभएकैले उद्यमी पाउरोटीको । जानुभएकैले भ्रमणमा विदेशको । सक्नुभयो लेख्नलाई यात्रा साहित्य ।
लेख्नुहुन्थ्यो पहिले कथा, कविता, एकांकीहरू । छापिएको थियो एकांकी गोरखापत्रमा । लाग्दै गर्दा विक्रमको चौबिस साल । हुन थालेपछि प्रकाशन यात्रा साहित्यको । पाउन थाल्नुभो मन पराइएका प्रतिक्रिया साहित्यिक क्षेत्रमा । दिनुभो सुझाव प्रसिद्ध समालोचक माधवलाल कर्माचार्यले । नलेख्न भनेर अब अरू कुनै विधामा । लेखिराख्नु यात्रामा नै अबदेखि । देख्छु सफलता यात्रा साहित्यमा नै तिम्रो । लेख्न थाल्नुभयो निरन्तर त्यसपछि यात्रा नै । बन्नुभएको होइन त्यत्तिकै अग्रज नियात्राको ।
थियो समय जानलाई विदेश निकै गाह्रो । थियो अवस्था सकिँदैन जान विदेश भनेजस्तो । थिएन होला नेपाली एक प्रतिशत पनि विदेश जानेमा । थियो नदेखिएको र नसुनिएको युरोप अमेरिका । देखिन्थेन सपनामा पनि त्यति बेला । हुन्थ्यो उपलब्धि हुनसम्मको । पाउँदा पढ्न मात्र पनि युरोप अमेरिकाका कुरा ।
गर्नुभयो प्रकाशन नै पुस्तक विदेश भ्रमणको । राखेर नाम ‘विदेशको यात्रा : स्वदेशको सम्झना’ । थियो गर्नुभएको भ्रमण दश देशको । भएको थियो प्रकाशन सैँतिस सालमा । निस्किसकेको छ अहिले आठौँ संस्करण यसैको । देखाउँछ यसले पनि उहाँको लोकप्रियता । हुनुभएको नि त्यत्तिकै होइन यात्रासाहित्यको विराट स्रष्टा ।
कसैले थिएन लगाइदिएको पगरी । हुनुभएको हो आफ्नै सिर्जनशील लेखनले । भयो प्रकाशन त्यसपछि ‘देश प्रदेशको भ्रमण’ त्रिचालिस सालमा । निस्किए त्यसपछि निरन्तर देश प्रदेशको भ्रमण, बौद्ध तीर्थयात्रा : नालान्दादेखि लुम्बिनीसम्म, यात्रा अमेरिकाको माया नेपालको, यात्राको लहरीमा हिउँफूलकी रानी, घनश्याम राजकर्णिकारका प्रतिनिधि नियात्रा, बालनियात्रा : घामै प्यारो आमै प्यारो, माइ ट्राभल्स : इष्ट एण्ड वेष्ट ।
घुम्नुभएको छ विदेश डेढ दर्जनभन्दा बढी । भारत, जर्मनी, बेलायत, फ्रान्स, बेल्जियम, कोरिया । डेनमार्क, अस्ट्रिया, स्पेन, स्वीट्जरल्यान्ड, जापान, थाइल्यान्ड । हङकङ, इटली, दुबई, सिंगापुर र अमेरिका ।
घुम्नुभएर यति धेरै देश । घुमाउनु पनि भएको छ पाठकलाई आफूसँगै । सृजनात्मक लेखनको छ दशकले । बन्नुभएको छ प्रतिष्ठित र परिपक्व नियात्राकार । भन्नुहुन्छ, हुनुपर्छ नियात्रामा आफूले यात्रा गर्दा देखेका ठाउँहरू, विषयहरू र जनजीवनहरू । लेख्नुपर्छ प्रतिक्रियासहित भोगिएका कटुमधु अनुभवहरू । हुनुपर्छ इमानदारी लेखनमा र हुनुपर्छ निजात्मक पनि । हुनुपर्छ सन्देश पनि केही न केही ।
थिए धेरै नेपालमा पाउरोटीका नामहरू । चलेका थिए उद्योगकै रूपमा पनि । ल्याउनुभएको थियो पाउरोटी बनाउने मेसिन बेलायतबाट बाइस सालमा नै । पुर्याउन जान्थे पाउरोटी पसलपसलमा । राखेर तीन पांग्रा रिक्सा भेनमा, भनिन्थ्यो ट्राइसाइकल । लेखिएको हुन्थ्यो ‘कृष्ण पाउरोटी’ मेशिन मेड ब्रेड भनेर ।
मगाउन थालियो त्यसपछि दरबारमा पनि । खान थालेपछि राजा महेन्द्रले पनि कृष्ण पाउरोटी । गर्न थालियो प्रचार भनेर राजाले खाने पाउरोटी । बढ्यो माग त्यसपछि बजारमा ह्वात्तै । हुन थाल्यो नभ्याउनले गरेर काम । गर्दा पनि बिहानदेखि बेलुकासम्म नै । भयो सल्लाह त्यसपछि मगाउने अर्को मेशिन जर्मनीबाट ।
वर्ष थियो उन्तिस त्यस बेला । पाउनुभयो अवसर पढ्नलाई जर्मनीमा नै । दिएको थियो छात्रवृत्ति उद्योग विभागले एक वर्षका लागि । थियो विषय प्रोफेसनल एजुकेसन एन्ड एड्भान्स ट्रेनिङ इन बेकरी मेनेजमेन्ट । किन्नलाई मेशिन जर्मनी । लिएर ऋण अठार लाख नेपाल औद्योगिक विकास कर्पोरेसनबाट । छान्नुभयो मेशिनहरू हुनुभएकोले जर्मनीमा नै ।
हुनथालेपछि उत्पादन जर्मनी मेशिनबाट । चुलिँदै गयो उन्नति हुनसम्मकै । हुनथाल्यो जुनसुकै पसलमा कृष्ण पाउरोटी नै । गए पनि पाटन, भक्तपुर र काठमाडौंका पसलमा । बज्न थालेको थियो विज्ञापन त्यहीताका रेडियो नेपालमा । झुन्डिने गरी मुखमुखमा केटाकेटीको । थियो विज्ञापन यस्तो–
भैगो अब खेल्दिनँ साथी, भोक पनि लाग्यो
म त जान्छु खाजा खान्छु पाउरोटी
कृष्ण, कृष्ण, कृष्ण पाउरोटी
भएको थियो स्थापना पाँच सालमा पाउरोटीको । नाम थियो पिताजीकै कृष्ण । पत्याएको समाज र राष्ट्रले । बनाउने भएकोले मिचेर पाउले नै । होला नाम पाउरोटी राखिएको । चलेपछि हल्ला यस्तै एक समय । छोडेका थिए खानलाई मानेर घीन । गर्नुभयो व्यवस्था त्यति बेला पिताजीले । देख्ने गरेर मुछिरहेको पिठो हातैले । भए पनि नाम पाउरोटी । बन्छ हस्तरोटी नै कृष्ण पाउरोटीको भनेर । गर्नुभएपछि पारदर्शिता । चल्न थाल्यो त्यसपछि झन् धेरै ।
बनेको छ कम्पनी अहिले । बन्नुभएर आफू अध्यक्ष । बनाउनुभएको छ सञ्चालक पाँचजना छोरीहरूलाई । आएका थिए पढेर सबैजना विदेशबाट । गरिरहेका थिए काम बोकेर जिम्मेवारी बैंकको उच्च पदमा । लागेका छन् अहिले तीनजना छोरी । गरेर काम कृष्ण पाउरोटीकै ।
चलेका छन् अहिले छ ठाउँबाट कारोबार काठमाडौं उपत्यकामा । छन् रोजगारीमा साठीभन्दा बढी प्रत्यक्ष नै । कमाउनुभएको भए पनि प्रसिद्धि घनश्याम दाइले । फेर्नु भएन नाम पिताजीको पाउरोटीमा । गर्न सक्नुहुन्थ्यो चाहेको भए । राख्नलाई नाम घनश्याम पाउरोटी । गर्नुभएको छ श्रद्धा सम्मान पनि पिताप्रतिको ।
हुनुहुन्थ्यो पुर्खा ब्राह्मण परिवारको । थियो भूमि उत्तर प्रदेश भारतको । थियो सहर कनोज भन्ने । आएका थिए नेपालमा मल्लकालमा । डाकेका थिए पाटन राज्यका मल्ल राजाले । बनाएर हातले मिठाई बनाउनका लागि । खुवाउने राजाका लागि भएकाले । राखिदिएका थिए थर राजकर्णिकार पाटनकै राजाले । बन्यो पछि पेसा नै काठमाडौं उपत्यकाभरि । गर्ने गरी व्यापार मिठाई पसलकै ।
हुनुहुन्थ्यो हजुरबुबा हीरामान सिंह । थियो साथी बाल्यकालको वीरशमशेर । हुनुभएपछि महाराज श्री ३ । गर्नुभएछ आदेश ल्याउने समातेर जसरी भए पनि । आएपछि पक्रन घरमा आठपहरिया । ठानियो भएकोले होला गल्ती खेल्दा बाल्यकालमा ।
डराए सबैजना मारिने वा जेलमा राखिने भयो भनेर । भयो रुवाबासी हुनसम्म घरपरिवारमा । पुर्याएपछि दरबार बाजे हीरामानलाई । गराइयो हाजिर श्री ३ वीरसमक्ष । गरेछन् बाजेले क्षमाभावमा । गर्दै बिन्ती जोडेर दुवै हात ।
देखेपछि अनुहार आत्तिएको र कामेका दुवै हात । भनेछन् वीरशमशेरले हाँस्दै । आत्तिएको किन तिमी ? साथी हौ तिमी बाल्यकालदेखिको मेरो । भएको छु म महाराज अहिले । सम्झिएको त्यसैले साथी तिमीलाई । माग तिमी के चाहन्छौ ? पाउनेछौ मान, पद, प्रतिष्ठा तिमीले । चाहिएको छ सम्पत्ति कि जग्गाजमिन ?
भएन छ माग्नु केही पनि बाजेले । भन्नुभएछ जोडेर हात । चाहिँदैन केही पनि सरकार मलाई । पुग्छ मलाई भए निगाह मात्र सरकारको । नमाग्नु भएपछि केही पनि बाजेले । दिनुभएछ जिम्मेवारी मिठाईको । पुर्याउने गरी दरबारमा दैनिक ठेक्कामा ।
थियो लगानी कृष्ण पाउरोटीमा छब्बिस सयको । राखेर बन्धकी गरगहना माताजीको । ल्याउनुभयो पछि स्वचालित मेशिन बेलायतबाट पन्ध्र सालमा । ल्याइएको थियो बेलायतबाटै फेरि बाइस सालमा । बनाउन थालेपछि मेसिनबाटै पाउरोटी । हुनथाल्यो व्यापार वृद्धि हुनसम्मको । बनिसक्नुभएको थियो साहु दुई लाख पचास हजारको ।
लिएर ऋण फेरि मगाउनुभयो मेशिन जर्मनीबाट तीस सालमा । लिएर ऋण अठार लाखको । होला अर्ब नै अहिलेको हिसाबमा । थिएन त्यो मेशिन भारतमा पनि । गर्न थालेपछि काम मेशिनले । हुनथाल्यो व्यापार पचाससाठी हजारको दैनिक । हुन्थ्यो होला पचाससाठी लाखजति अहिलेको । भइरहेको थियो काम निकै तीव्र गतिमा । मिलेर गरिएको थियो दाजुभाइ तीनैजनाले ।
चुम्दै गइरहेको बेला शिखर कृष्ण पाउरोटीले । हुनुभयो परलोक पिताजी । थाले बढ्न त्यसपछि समस्याहरू । बित्नुभएपछि ठूलो दाजु पनि । गर्नुपर्ने भयो तीन भाग कृष्ण पाउरोटीको । सल्लाह गरेर अर्को दाइसँग । नगर्ने भनेर बन्द कृष्ण पाउरोटी ।
गरेपछि मूल्यांकन सम्पत्ति र नगदको । दिनुपर्यो भएको जति सबै रकम भतिजलाई । गर्नुपरेको थियो फेरि सुरु शून्यबाट बयालिस सालमा । बित्नुभएपछि अर्को दाइ पनि । गर्न नसकेपछि मिलेर काम भतिजसँग । गर्नुपर्यो बन्द नै कृष्ण पाउरोटी । परेको थियो बेच्न कवाडीमा भएका मेशिनहरू पनि ।
सक्नु भएन बस्न बन्द गरेर पाउरोटी व्यवसाय । बन्द गरेर चलाउनुभएको पाउरोटीको काम पिताजीले । गर्नुभयो फेरि दर्ता राखेर नाम कृष्ण पाउरोटी भण्डार । अवस्था जतिसुकै समस्याको आइपरे पनि । नछोड्नुभएकोले काम पाउरोटीको । बन्नुभएको हो पर्याय नै पाउरोटीको । भएको भए पनि तीन दाजुभाइ त्यही उद्योग, व्यवसायमा । छैन सम्झिने नाम अलिकति पनि कुनै दाजुभाइको ।
गर्नुभएर विश्वास काममा । गर्नुभएर इमानदारी हृदयमा । गर्नुभएर विश्वास धर्ममा । हुनुभएर पनि सृजनशील व्यक्तित्व । गर्नुभएर काम बन्नुभयो उदाहरण । गर्नुभएको भए पनि आँट । हुनुहुन्थ्यो मरनच्याँसे सानोमा । भनेका पनि थिए देख्नेजतिले । बाँच्दैन बच्चा अब यो । हुनु हुन्थेन पिताजी त्यति बेला घरमा । हुनुहुन्थ्यो इलाममा इलम गर्न ।
हुनुभएकोले माताजी आँटिलो । खानु भएन हरेस पटक्कै । गर्नुभयो पूजापाठ भनिएजति । लैजानुभयो उपचार गर्न वैद्यकहाँ । लैजानुभयो गर्नलाई झारफुक गुभाजुकहाँ । गराएपछि झारफुक सात दिनसम्म । हुनथालेको थियो सुधार शरीरमा त्यसपछि ।
नहुनु भए पनि बदमास । बन्न थाल्नुुभयो बलियो त्यसपछि । हुनुहुँदा मात्र वर्ष बाह्रतेह्रको । खेल्दा साथी सलिमसँग । पर्यो कुस्ती लालदरबारको क्याम्पामा । गोद्नुभयो साथीलाई मज्जाले । पढ्नुहुँदा जुद्योदय स्कुलको सात कक्षामा । देखेर साथीको टुप्पीलाई जिस्काएको अरूले । काटिदिनुभयो आफ्नै पनि नसोधेर कसैलाई । खानुपरेको थियो गाली हुनसम्मको पिताजीबाट ।
पाउनुभएको थिएन पढ्नलाई सहजै कलेजमा । हुनुभएको थियो भर्ना सोह्र सालमा कलेज त्रिचन्द्र । हुनुभएको थियोे परलोक पिताजी सत्र सालमा । थियो परिवार संयुक्त रूपमा नै । थिए दाजुहरू विरोधी पढाइको । गर्नुपर्थ्यो काम बिहानदेखि दश बजेसम्म । हुन्थ्यो जिम्मा कामको फर्किएपछि पनि कलेजबाट । थिएन वातावरण अलिकति पनि पढ्नलाई घरमा । पर्थ्यो पढ्नलाई सुतिसकेपछि सबैजना ।
हुनुहुन्थ्यो माताजी दिइरहनु हुने प्रेरणा । भन्नुहुन्थ्यो, पढाउँछु म बेचेर भए पनि गहना । सम्झाइरहनुहुन्थ्यो, सहने गर्नु, सहन गर्नु सहस्र गुण हो भनेर । सहेर जतिसुकै परिस्थिति भए पनि । गर्नुभयो एमए अर्थशास्त्रमा । गर्नुभो जर्मनीबाट पनि पढाइ विषयगतकै । हुनुभएको छ उदाहरण । निस्कन्छ उपाय भएपछि इच्छा भनेजस्तै । रहेछ नछेक्ने जुँगाले खाने मुखलाई ।
गएको बेला विकसित विदेशमा । देखिन्छन् उन्नति हुनसम्म भएको त्यहाँ । हुनुभए पनि प्रभावित घनश्याम दाइ । सम्झनुहुन्छ स्वदेश र संस्कृति आफ्नै । गर्नुहुन्छ माया आफ्नै देशको । पुग्नुहुँदा जहिल्यै विदेश । गर्नुहुन्छ गर्व देशको आफ्नै । भएको भए पनि सत्य र पवित्र नै । भएको छ व्यंग्य अरूका लागि । जानेहरूलाई भएर प्रतिनिधि देशको । बन्नेहरूलाई शरणार्थी च्यातेर पासपोर्ट । नपाउन्जेल जानलाई अवसर विदेश । गाएर नथाक्नेहरू राष्ट्रगान । बन्नुभएको छ घनश्याम दाइ पक्षपाती सत्य र संस्कृतिको । बन्नुभएको छ राष्ट्रवादी हृदयदेखिको । बनाउनुभएर माध्यम सृजना नियात्राको ।
बन्नु भएको छ घनश्याम दाइ उदाहरण उद्योगी र स्रष्टाको । नभएका होइनन् देशमा अरू पनि उद्योगी लेखक । भए पनि छैनन् निरन्तर लाग्ने सृजनामा । बनाएर सधैँ संगम सृजना र व्यवसायको । बन्ने गरेका छन् स्रष्टा समयसमयका अरूहरू ।
फस्टाइसकेपछि आफ्नो व्यवसाय । पाउनलाई परिचय स्रष्टाको । पाउनलाई सम्मान हार्दिक । बन्छन् लेखक नदेखिने लेखकबाट । निकालेपछि पुस्तक । गर्छन् व्यापार पनि चर्चाको । गरेर प्रायोजन हुन्छन् चर्चामा केही समय । घट्दै गएपछि प्रभाव खर्चबर्चको । हराउँछन् पनि सृजना संसारबाट । बनेजस्तै हुन्छ स्रष्टा मात्र सञ्चारमाध्यमका लागि ।
छन् स्रष्टा भनिने उद्योगपतिहरू । लेखिएको जेजे भए पनि साहित्यको नाममा । भएका छन् मात्र उज्यालो चट्याङ पर्दाको जस्तै । भनेको त्यसैले हुँ हुनुभएको छ उदाहरण हरेक सन्दर्भमा घनश्याम दाइ । बन्नुभएपछि उहाँ स्थापित नियात्राकार । हुनुभयो प्रसिद्ध उद्योगपतिको रूपमा । गरिरहनुभएको छ साधना अक्षरकर्मको निरन्तर । भइसक्दा पनि बढी छ दशक सृजनाको । भइसक्नुहुुँुदा पनि आयु साढे आठदशकको ।
हुनुभएको होइन त्यतिकै नामै पर्याप्त घनश्याम दाइको । लिनासाथ नाम आएजस्तै नियात्रा साहित्य । आएजस्तै कृष्ण पाउरोटी । हुनुभएको होइन त्यत्तिकै प्रतिष्ठित दुवै क्षेत्रमा । बोक्नुभएर लक्ष्मी एउटा काँधमा । बोक्नुभएर सरस्वती अर्को काँधमा । राख्नुभएर मनमा बुद्धलाई । बढिरहनुभएको छ घनश्याम दाइ अगाडि । हुनुभएर फरक अरूभन्दा घनश्याम दाइ । हुनुभएर पर्याय पाउरोटीको घनश्याम दाइ । हुनुभएर अग्रज नियात्रा साहित्यको घनश्याम दाइ ।
भएको छ काम उदाहरणको पनि र आदर्शको पनि । नभएर कीर्ति र कृति मात्र बाँचुन्जेल । हुनुभएको छ बाँचिरहने सधैँसधैँका लागि । हुन सक्दैन कमाइ योभन्दा बढी कसैको पनि । हुनुभएर पर्याय पाउरोटीको । हुनुभएर अग्रज नियात्रा लेखनको ।